होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सर्वोच्च अदालतमा १५ मंसिरदेखि गोलाप्रथाबाट पेसी तोकिने
समाचार

सर्वोच्च अदालतमा १५ मंसिरदेखि गोलाप्रथाबाट पेसी तोकिने

  • नागरिक रैबार
सर्वोच्च अदालतमा १५ मंसिरदेखि गोलाप्रथाबाट पेसी तोकिने

काठमाडौँ- सर्वोच्च अदालतमा १५ मंसिरदेखि गोलाप्रथाबाट मुद्दाको पेसी तोकिने भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाहेकका न्यायाधीशहरूको फुलकोर्टको बिहीबार बसेको बैठकले १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको हो ।

गोलाप्रथासम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएपछि बिहीबार फुलकोर्ट बैठक बसेर त्यसलाई कार्यान्वयन गर्ने गरी १५ मंसिरबाट लागु गर्ने निर्णय गरेको हो ।

गोलाप्रथाबाट पेसी तोक्न राणा राजी भएपछि १९ जना न्यायाधीश इजलासमा फर्किएका थिए ।

विज्ञापन

नेपाल बार एसोसीएसनको जबराको राजीनामा माग्दै भएको आन्दोलनमा ऐक्यबद्धता जनाएर न्यायाधीशहरूले इजलास बहिस्कार गरेका थिए । तर, गोलाप्रथा लागु गर्ने भएपछि न्यायाधीश इजलास फर्किए पनि बार भने आन्दोलनमै छ ।

यस्तै ‘हेर्दाहेर्दै’मा रहेका मुद्दालाई पनि सुनुवाइ गर्ने निर्णय भएको एक न्यायाधीशले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार