होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • माधव नेपालसहित ४ नेताको रिट न्यायाधीश ढुंगानाको बेञ्चमा
राजनीति

माधव नेपालसहित ४ नेताको रिट न्यायाधीश ढुंगानाको बेञ्चमा

  • नागरिक रैबार
माधव नेपालसहित ४ नेताको रिट न्यायाधीश ढुंगानाको बेञ्चमा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल सहित ४ जना नेताको रिटको आइतबार सुनुवाइ हुने सूचीमा छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको बेन्चमा सुनुवाइका लागि सो मुद्दाको पेशी तोकिएको हो ।

बिहीबार वारेस तिलक बहादुर थापामार्फत् चारजना नेताले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिट दायर गर्नेमा माधव नेपाल, भीम बहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाल छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी तरिकाले आफूहरुलाई स्पष्टीकरण सोधेको र निलम्बन गरेको बिरुद्ध उनीहरु अदालत गएका हुन् ।

नेपालसहितका नेताहरुले नेकपा एमालेका अध्यक्ष ओली र निर्वाचन आयोगलाई समेत विपक्षी बनाएका छन् । रिट सुनुवाइका लागि पेशी सूचीको अन्त्यतिर राखिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार