होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • अविश्वासको प्रस्तावबाट नाम फिर्ता लिन सात दिनको समय
राजनीति

अविश्वासको प्रस्तावबाट नाम फिर्ता लिन सात दिनको समय

  • नागरिक रैबार
अविश्वासको प्रस्तावबाट नाम फिर्ता लिन सात दिनको समय

११ चैत, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वासको प्रस्ताव फिर्ता लिनका लागि आफ्ना सांसदलाई सात लिन समय दिएका छन् ।

नेकपा एमाले पुनर्स्थापित भएपछि पहिलो पटक बुधबार बसेको नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई हस्ताक्षर फिर्ता लिन सात दिनको समय दिएका हुन् । ‘छलफलका क्रममा एकसाताको समय पर्याप्त हुने भनिएको छ,’ बैठकमा सहभागी माधव पक्षका नेता लिलाबल्लभ अधिकारीले भने, ‘सामूहिकरुपमा अविश्वासको प्रस्तावको हस्ताक्षर फिर्ता हुनेछ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भङ्ग गरेपछि विभाजन भएको तत्कालिन नेकपा प्रचण्ड-माधव समूहका ३७ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

विज्ञापन

प्रस्ताव प्रदेशसभामा टेवल भएपनि छलफल हुन नपाउँदै सर्वाेच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेज गर्दै माओवादी केन्द्र र एमाले ब्युँताएपछि अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेहरु बाँडिए ।

 

माधव नेपाल समूह एमालेमा छ भने पुष्पकमल दाहाल प्रचण्ड समूहका सांसदहरु माओवादी केन्द्रमा क्रियाशील छन् ।

बुधबार बसेको एमाले संसदीय दलको बैठकले विधान पारित गर्नुका साथै बोर्ड गठन गरेको छ .

बोर्डमा माधव पक्षका तीनजना सदस्य छन् । दलको नेताको नेतृत्वमा गठन भएको बोर्डमा उपनेता, प्रमुख सचेतक र सचेतकसहित काजीमान कागते, आशारत्न जवेगु, लीलाबल्लभ अधिकारी, तुलसी न्यौपाने, विमल कार्की, यशोदा अधिकारी, जसमाया गजमेर, ज्ञानेश्वर राजवंशी, बिर्ख प्रधान, अम्बिका थापा र लिलम बस्नेत छन् । लिलाबल्लभ, तुलसी र यशोदा नेपाल पक्षका हुन् ।

बैठकमा मओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका टंक आङ्बुहाङ पनि सहभागी थिए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार