होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूर पहाडका जिल्लामा यातायात अवरुद्ध भएपछि स्थानीय व्यापारीले खाद्यान्न लुकाउन थाले
समाचार

सुदूर पहाडका जिल्लामा यातायात अवरुद्ध भएपछि स्थानीय व्यापारीले खाद्यान्न लुकाउन थाले

  • नागरिक रैबार
सुदूर पहाडका जिल्लामा यातायात अवरुद्ध भएपछि स्थानीय व्यापारीले खाद्यान्न लुकाउन थाले

धनगढी: ३ दिनको अविरल वर्षपछि सडक अवरुद्ध भएका पहाडी जिल्लामा खाद्यान्न अभाव हुन थालेको छ। सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, डोटी, अछाम र बाजुरामा दैनिक उपभोग्य बस्तुको अभाव हुन लागेको स्थानीयले बताउन थालेका छन्।

सडक अवरुद्ध भएपछि बझाङका स्थानीय व्यापारीले खाद्यान्न लुकाउन थालेको जयपृथ्वी नगरपालिकाका स्थानीय जगत खड्काले बताए। बझाङ लगायतका जिल्लामा सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य बस्तुको आपूर्ति नहुने देखेर महंगोमा सामान बेच्न व्यापारीहरुले सामान लुकाउन थालेको गुनासो गरिएको छ।

अहिले बजारमा दैनिक उपभोग्य बस्तु पाउन समस्या हुन थालेको बाजुराका स्थानीय योगेन्द्र थापाले बताए। उनले बाजुराका ग्रामीण भेगमा खाद्यान्नको अभाव रहेको बताए। यता अछाममा पनि उपभोग्य बस्तुको अभाव देखिन थालेको बताइएको छ। उपभोग्य बस्तुको अभाव हुन थालेको अवस्थामा पसलमा गएर समान मागे व्यापारीले समान छैन भन्न थालेको साँफेबगरका झनक साँउदले बताए।

विज्ञापन

सडक अवरुद्ध भएका सुदूरपश्चिमका पहाडी जिल्लामा डिजेल तथा पेट्रोलको समेत अभाव हुँदा सडक खुलाउन डोजर र स्काभेटर चलाउन समस्या भएको बताइएको छ। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै