होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीबाट सुदूर पहाडमा भोलिदेखि नेपाल एयरलाइन्सको उडान, भाडादर कति ?
समाचार

धनगढीबाट सुदूर पहाडमा भोलिदेखि नेपाल एयरलाइन्सको उडान, भाडादर कति ?

  • नागरिक रैबार
धनगढीबाट सुदूर पहाडमा भोलिदेखि नेपाल एयरलाइन्सको उडान, भाडादर कति ?

धनगढी : धनगढीबाट सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भोलिदेखि उडान भर्ने भएको छ। उडानका लागि तालिका सार्वजनिक भइसकेको धनगढी विमानस्थलले जनाएको छ।

धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले भोलि पहिलो दिन धनगढीबाट डोटीको दीपायल र बझाङमा उडान हुने जानकारी दिए। ‘नेपालगञ्जबाट धनगढी आउने जहाजले डोटी र बझाङ उडान भर्ने तयारी छ,’ भट्टले भने।

उनका अनुसार दुबै रुटका लागि भाडादर कायम भइसकेको छ। ‘धनगढीदेखि डोटी २ हजार ६१५ र डोटीबाट धनगढी आउन २ हजार ५१५ भाडादर कायम भएको छ,’ भट्टले भने, ‘धनगढीदेखि बझाङको ३ हजार ९९५ र बझाङदेखि धनगढी आउदा ३ हजार ८९५ भाडादर कायम भएको छ।’

विज्ञापन

बेमौसमी बर्सातसँगै आएको बाढी पहिराले पहाडी जिल्लाका राजमार्गहरु अवरुद्ध भएका कारण यातायात सेवा पनि बन्द भएकाले सस्कृति, पर्यटन तथा नागरि उड्डन मन्त्री प्रेम आलेको ठाडो आदेशमा वायुसेवा निगमले उडान सुरु गर्न लागेको हो। अहिले सुदूरपश्चिमका पहाडी जिल्लामा समिट एयरले मात्रै उडान भर्दै आएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै