होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भीमबहादुर विक हत्याको विरोधमा माइतीघरमा प्रदर्शन
समाचार

भीमबहादुर विक हत्याको विरोधमा माइतीघरमा प्रदर्शन

  • नागरिक रैबार
भीमबहादुर विक हत्याको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं । भरतपुर महानगरपालिका–४ दुर्गाचोकका ५८ बर्षका भीमबहादुर विकको कुटपिटबाट भएको हत्याको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन गरिएको छ ।

अधिकारकर्मीले माइतीघरमा भेला भई दसैंको महानवमीको दिन भएको भीमबहादुरको हत्याको विरोध जनाएका हुन् । उनीहरुले जातीय विभेदकै कारण भीमबहादुरको हत्या भएको भन्दै विभेद अन्त्य गर्न माग गरेका छन् ।

भीमबहादुरको पोस्टमार्टम रिपोर्ट सार्वजनिक गर्नुपर्ने, हत्यामा संलग्नलाई कारबाही गर्नुपर्नेलगायतका माग लेखिएका प्लेकार्ड बोकेर अधिकारकर्मीले प्रदर्शन गरेका थिए ।

विज्ञापन

दशैंको महानवमीको दिन स्थानीयको कुटाइबाट भीमबहादुरको मृत्यु भएको थियो । उनको हत्यामा संलग्नको आरोपमा प्रहरीले स्थानीय ४० वर्षीय सीताराम बस्नेत र ३६ वर्षीय दिलीप श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार