होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • माधव नेपालहरुले पार्टी एकता गर्न पहल गरेनन् : केपी ओली
राजनीति

माधव नेपालहरुले पार्टी एकता गर्न पहल गरेनन् : केपी ओली

  • नागरिक रैबार
माधव नेपालहरुले पार्टी एकता गर्न पहल गरेनन् : केपी ओली

१० वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी खोस्ने ढंगले कोही आएको भए, त्यो सम्भभव नहुने बताएका छन् । बालुवाटारमा जारी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले माधव नेपालहरू एकताबद्ध बनाउन कुनै पहल नगरेको बताए ।

‘मेरो माधव नेपाल, योगेश भट्टराई लगायत नेताहरुसँग भेटघाट भयो । तर, साथीहरुको पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसूस र अनुभूति देखिदैन’, अध्यक्ष ओलीले भने । अध्यक्ष ओलीले पार्टी एकताबद्ध बनाउन दिनरात लागेको पनि बताए । ‘हामी जिम्मेवार र अनुशासित भएकाले यो पार्टी एकता कायम गर्न प्रयास गर्छौ’, उनले भने । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालहरुको महत्वाकांक्षाकै कारण कम्युनिष्ट पार्टी विभाजित हुन पुगेको पनि ओलीले बताए ।

 

विज्ञापन

पार्टी विभाजित नभएको भएपनि सम्बन्ध शत्रुतापूर्ण बनिसकेको पनि ओलीले सम्झिए । आफूलाई साधरण सदस्यबाट समेत निष्काशन गरेर सम्बन्धलाई शत्रुतापूर्ण बनाइएको उनले बताए । ‘त्यस्ता व्यक्तिहरु नेतृत्वमा हामी हुँदा त्यो पार्टी आकारमा त ठूलो देखिन्थ्यो, तर समाजलाई गति दिन र नेतृत्व लिन सक्ने हैसियतमा हुने थिएन’, ओलीले भने ।

अहिले पनि केही व्यक्तिहरु अराजक ढंगले पार्टीकै नेताहरुविरूद्ध विष वमन गर्ने प्रवृत्ति देखिएको पनि ओलीले बताए । तर, अझै पनि आफू लचिलो हुन तयार रहेको उनको भनाइ छ । ‘म अझै पनि लचिलो भएर आएको छु’, अध्यक्ष ओलीले भने ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार