होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • छाउपडि प्रथाविरुद्ध जनचेतना मुलक गीत सार्वजनिक (भिडियो सहित)
मनोरञ्जन

छाउपडि प्रथाविरुद्ध जनचेतना मुलक गीत सार्वजनिक (भिडियो सहित)

  • नागरिक रैबार
छाउपडि प्रथाविरुद्ध जनचेतना मुलक गीत सार्वजनिक (भिडियो सहित)

नागरिक रैबार / ७साउन बाजुरा । छाउ कुप्रथाका विरुद्ध सन्देश दिन तयार पारिएको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । सुदूर साहित्य प्रतिष्ठानले छाउ कुप्रथाको समस्या र सवालका विषयलाई लिएर सचेतना मुलक देउडा गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको भिडियोको विमोचन खप्तड छडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले गरेका हुन् । बडिमालिका नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा भिडियो विमोचन गर्दै अध्यक्ष रावतले गीतले छाउ कुप्रथा अन्त्यमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

No description available.

विज्ञापन

गाउँपालिकालाई छाउपडी गोठ मुक्त बनाउने अभियान जारी रहेको र करिब हसिकेको अवस्था रहेकोले यसमा आफु प्रतिवद्ध रहेको बताएका छन् । गीतमा छाउ कुप्रथाले पारेको असर, भोग्नु परेको पीडा र अन्त्यका लागि गर्नु पर्ने पहल सहीतको सन्देश समेटिएको हो ।

विमोचन समारोहमा बडिमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले सामाजिक जागरणका लागि सचेतना मुलक गीतले सन्देश प्रवाहमा सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् । विष्टले नगरपालिकालाई तत्काल गोठमुक्त नगर घोषणा गर्ने गरि तयारी भइरहेकोले सचेतना मुलक सन्देश निर्माणमा सहयोग रहने बताएकी छन् ।

छाउपडी कुप्रथाबारे जनचेतना मुलक गीत सार्वजनिक

जनप्रतिनिधी सहीत भव्य उपस्थितिमा औपचारिक कार्यक्रमका बीच गीतको विमोचन गरिएको सुदूर साहित्य प्रतिष्ठानका अध्यक्ष हर्क खडायतले बताएका छन् । सुदूर साहित्य प्रतिष्ठानले नै एक्सनएड नेपाल, इडिसी, पीसविन, र एचआरसी बाजुरा सहीतका गैर सरकारी संस्थासँगको सहकार्यमा गीत र भिडियो तयार गरिएको हो ।

गीतको भिडियो खप्तड डिजिटल म्यूजिक प्रालिको यूटुव च्यानल मार्फत साउन ६ गते ३ बजे नै सार्वजनिक गरिएको छ । बुढीनन्दा नगरपालिका ४ कुरु मा कैद गरिएको भिडियो सम्पूर्ण दृश्य छायाकंन सिमकुरु बस्तीमै गरिएको हो ।

सुदूर साहित्य प्रतिष्ठानको प्रस्तुतिमा तयार पारिएको गीतको म्यूजिक भिडियोको परिकल्पना तथा संयोजन प्रतिषनका सचिव कृष्ण ओलीले गरेका हुन् । चर्चीत गायीका रेखा जोशी, सर्मिला बिसी र हर्क खडायतको स्वर रहेको गीत राजेन्द्र शाह विपीले लेखेका हुन् ।

बिनोद बाजुरालीको लय र संगीत सिर्जना रहेको गीतको भिडियो निर्देशन भीम थापाले गरेका छन् । डिबी रौलेले छायांकन गरेको भिडियोमा स्थानीय जनजीवन, भेषभुषा तथा रहनसहनलाई प्रस्तुत गरिएको छ ।

भिडियोमा छाउको पीडा, समाजलाई पारेको असर र सुधारका लागि गर्न सकिने पहल जस्ता विषय उठान गरिएको छ । १३ मिनेटको भिडियोमा हर्क खडायत, मनिसा रोकाया, करिष्मा रोकाया, अंगे रोकाया, सर्मिला रोकाया, राजेन्द्र रावत, रोशनी रावल, मिना रोकायाको अभियान रहेको छ ।

यस्तै गीतमा निशान्त रोकाया सहीतको कलाकारको नृत्य रहेको छ । अध्यक्ष हर्क खडायतको अध्यक्षतामा सञ्चालन भएको विमोचन समारोहमा गीतकार राजेन्द्र शाह विपीले गीतको टिप्पोणी गरेका थिए ।

गैर सरकारी संस्था महासंघका अध्यक्ष अग्नीराज शाहीले भिडियो र गीतको सन्देशले छाउ कुप्रथा अन्त्यमा सकारात्मक भूमिका खेल्ने भएकोले प्रत्येक स्थानीय तहले अनिवार्य आफ्नो कार्यक्रमको पूर्व सुनाउन आग्रह गरेका छन् ।

No description available.

प्रतिष्ठानका सचिव कृष्ण ओलीले सञ्चालन गरेको कार्यक्रममा काँग्रेस सचिव रनसिंह अयडी, खप्तड छेडेदह ६ का वडा अध्यक्ष कुम्भ नाथ योगी, काँग्रेस नेताहरु सुभद्रा पाण्डे, धनबहादुर रावत, जनक विक्रम सिह, उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादुर रोकाया, पत्रकार महासंघका अध्यक्ष छक्क मल्ल सहीत कलाकारहरु, साहित्यकार सहीतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार