होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • ओली पक्षका एक दर्जन केन्द्रीय सदस्य गुट परिवर्तनका लागि ठिक्क
राजनीति

ओली पक्षका एक दर्जन केन्द्रीय सदस्य गुट परिवर्तनका लागि ठिक्क

  • नागरिक रैबार
ओली पक्षका एक दर्जन केन्द्रीय सदस्य गुट परिवर्तनका लागि ठिक्क

काठमाडौं, ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका एक दर्जन केन्द्रीय सदस्य गुट परिवर्तनका लागि ठिक्क परेका छन् । उनीहरु नेकपा एमालेको औपचारिक विभाजनको अवस्थामा माधवकुमार नेपाल पक्षमा लाग्न ठिक्क परेका हुन् ।

विश्वस्त स्रोतका अनुसार गुट परिवर्तनका लागि ठिक्क परेकामा पूर्वमालेका केन्द्रीय सदस्यहरु बढी छन् । उनीहरुले माधव नेपाल पक्षका नेताहरुलाई भेटेर साथ दिन तयार भएको बताइसकेका छन् ।

नेकपा एमालेको नवौं महाधिवेशनपछि बनेको केन्द्रीय कमिटीका हाल रहेका २०३ मध्ये ८३ जना नेपाल पक्षमा छन् । उनीहरु एक ढिक्का भएमा नेपाल पक्षले बहुमत पुर्याउने लक्ष्य राखेको छ । १३ जना थपिंदा ९६ हुने र बाँकी ६ जनालाई तान्न सकिने आँकलन नेपाल पक्षको छ ।

विज्ञापन

तर, माधव नेपाल पक्षकै उपाध्यक्ष भीम रावल, सचिवहरु गोकर्ण बिष्ट र योगेश भट्टराई, उपमहासचिव घनश्याम भुसाल तटस्थ अवस्थामा छन् । उनीहरुले नेपाललाई साथ नदिने संकेत गरेका छन् ।

एमालेभित्र वरिष्ठ नेता माधवकुमार नेपाल र बामदेव गौतम मिलेर केन्द्रीय कमिटीमा बहुमत बनाउने प्रयास जारी राखेका छन् । केन्द्रीय कमिटीमा बहुमत पुगेमा ओलीलाई हटाउने र नपुगे पार्टी फुटाउने सम्मको तयारी भइरहेको छ । यसैकारण माधव नेपालले हतारमा निर्णय नलिएको बुझिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार