होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, चैत्र २४, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले अध्यक्षका लागि ओली भर्सेस रावल
समाचार

एमाले अध्यक्षका लागि ओली भर्सेस रावल

  • नागरिक रैबार
एमाले अध्यक्षका लागि ओली भर्सेस रावल

काठमाडौं, ५ मंसिर । नेकपा एमालेको दशौं महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र डा. भीम रावलबीच प्रतिष्पर्धा हुने भएको छ । दुई नेताबीच चितवनमा हुने महाधिवेशनमा अध्यक्षका लागि प्रतिष्पर्धा हुने भएको हो ।

ओली अध्यक्षमा दोहोरिने उनी निकटस्थहरुले सार्वजनिक रुपमा बोल्दै आएका छन् । ओली स्वयंले पुनः अध्यक्ष बन्न विधान महाधिवेशनमार्फत् विधान संशोधन गराइसकेका छन् ।

आजै एमाले उपाध्यक्ष डा. भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनले  पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् ।
ओली एमालेका वर्तमान अध्यक्ष हुन् । उनी दुईपटक प्रधानमन्त्री भइसकेका छन् । कम्युनिस्ट आन्दोलनमा लामो अनुभव सँगालेका ओली एमाले स्थायी कमिटी सदस्य हुँदै अध्यक्ष बनेका थिए ।

विज्ञापन

विगतमा गृहमन्त्री, उपप्रधान तथा परराष्ट्रमन्त्री समेत बनेका ओली कडा बोलीको पहिचान बनाउन सकेका छन् ।

रावल पूर्व उपप्रधान तथा गृहमन्त्री हुन् । उनी विगतमा पर्यटनमन्त्री समेत बनेका थिए । एमाले उपाध्यक्ष रहेका रावल लामो समय पार्टीको महत्वपूर्ण कमिटीमा रहे । उनले विद्यावारिधी गरेका छन् ।

विगतमा माधवकुमार नेपालसँग नजिक रहेका रावल एमाले विभाजन हुँदा नेकपा एसमा गएनन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै