होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रचण्डबीच भेटवार्ता, के भयो छलफल ?
राजनीति

मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रचण्डबीच भेटवार्ता, के भयो छलफल ?

  • नागरिक रैबार
मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रचण्डबीच भेटवार्ता, के भयो छलफल ?

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतका मन्त्रीहरु केहि दिनदेखि काठमाडौंमा छन्। सरकार फेरवदलको चर्चा चलिरहेका बेला मुख्यमन्त्री भट्ट र प्रचण्डबिच (आज) बुधबार भेटवार्ता भएको हो।

मुख्यमन्त्री भट्टसहित सुदूरपश्चिमका माओवादी नेता खगराज भट्ट, तारामान स्वार, लक्ष्मी जोशी लगायतको टोलीले प्रचण्डलाई भेटेका छन्। भेटकामा पार्टीको राजनैतिक अवस्था र सुदूरपश्चिम सरकारबारे छलफल भएको भेटमा सहभागी एक नेताले बताए।

केहि दिनयता सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउनेबारे छलफल चलाएको छ। केन्द्रमा बनेको गठबन्धनअनुसार प्रदेशमा पनि सरकार बनाउनका लागि कसरत सुरु गरेको छ। जसका कारण प्रचण्ड र भट्टको भेटवार्तालाई चासोका रुपमा हेरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
राजनीति
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ५ दिन अगाडि