बिहिबार, साउन २१, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा सरकार फेरबदलको चर्चा, नेतृत्वमा आउँछ त काँग्रेस ?
समाचार

सुदूरपश्चिममा सरकार फेरबदलको चर्चा, नेतृत्वमा आउँछ त काँग्रेस ?

  • नागरिक रैबार
सुदूरपश्चिममा सरकार फेरबदलको चर्चा, नेतृत्वमा आउँछ त काँग्रेस ?

धनगढी :सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाउनेबारे छलफल केन्द्रित भएको छ। केन्द्रमा बनेको गठबन्धनअनुसार प्रदेशमा पनि सरकार बनाउनका लागि कसरत सुरु भएको हो।

माओवादी नेतृत्वको सरकारले सुदूरपश्चिम प्रदेशमा विश्वासतको मत लिदा तटस्थ बसेको नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा माओवादी, एमालेको माधव समूह र जसपालाई मिलाएर सरकार बनाउने कसरत सुरु गरेको हो। काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले काँग्रेसकै नेतृत्वमा सरकार बनाउनेबारे छलफल भइरहेको बताए।

‘गठबन्धनअनुसार केन्द्रमा काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको छ,’ काठमाडौँमा रहेका रावलले भने, ‘प्रदेशमा पनि सोही गठबन्धनअनुसार सरकार बनाउनका लागि छलफल भइरहेको छ। सरकारको नेतृत्व गर्नेबारे पनि छलफलमा छौ।’ अहिले काँग्रेस संसदीय दलका नेता रावल मात्र नभएर मुख्यमन्त्रीसहित अधिकासं मन्त्री र एमालेको माधव समू्रहका सांसद काठमाडौँमा छन्।

विज्ञापन

यता माओवादीले साढे तीन वर्ष सरकारको नेतृत्व गरिसकेको भन्दै नेकपा एमालेको माधव समूहले पनि सरकारको नेतृत्व पाउनुपर्ने दाबी गरेको छ। अहिले माओवादीको सरकारमा एमाले माधव पक्षको मात्रै सहभागिता रहेको छ।

‘सबैभन्दा ठूलो दल भएर पनि एमालेले सरकारको नेतृत्व गर्न पाएको छैन्,’ माधव समूहका एक सांसदले भने, ‘हामीले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान लिएको छौ। त्यो सरकारमा काँग्रेसलाई पनि सहभागि गारउनुपर्ने धारणा हाम्रो छ।’

यता माओवादी केन्द्र र एमाले माधव समूहबाट भएका मन्त्रीहरुले भने अहिलेकै सरकारलाई निरन्तरता दिनुपर्ने अडान लिएका छन्। उनीहरुले माओवादी नेतृत्वको सरकारमै काँग्रेस सहभागी हुनुपर्ने धारणा राखेका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार