होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘मङ्गलम्’ युट्युबमा, पुष्पको अभिनयको प्रशंसा
मनोरञ्जन

‘मङ्गलम्’ युट्युबमा, पुष्पको अभिनयको प्रशंसा

  • नागरिक रैबार
‘मङ्गलम्’ युट्युबमा, पुष्पको अभिनयको प्रशंसा

काठमाडौं । अभिनेता पुष्प खड्कालाई २०७४ सालको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा उत्कृष्ट नायकको अवार्ड दिलाएको चलचित्र ‘मङ्गलम’ युट्युबमा रिलिज भएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक यो चलचित्रलाई दर्शकले उत्कृष्ट भनेका छन् ।

यो चलचित्रमा शिल्पा पोखरेल, पुष्प खड्का, साम्राज्ञी आरएल शाह, मिथिला शर्मा, पृथ्वीराज प्रसाइँ, निर शाह लगायतका कलाकारको अभिनय छ ।

छविराज ओझा प्रोडक्सन र गुण सिनेमा प्रालिको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा गोविन्द फुयाँलको कथा, नवल नेपाल र गोविन्द फुयाँलको संवाद, विष्णु कल्पितको छायांकन, दीपक शर्माको संगीत र मित्र डी गुरुङको सम्पादन छ ।

विज्ञापन

यो चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । नवलको निर्देशकीय पाटोलाई दर्शकले प्रशंसा गरेका छन् । छविराज ओझा कार्यकारी निर्माता रहेको यो चलचित्रले हलमा पनि राम्रै व्यापार गरेको थियो ।

युट्युबमा चलचित्र हेरेका अधिकांश दर्शकले अभिनेता पुष्प खड्काको अभिनयको उच्च प्रशंसा गरेका छन् । पुष्पको अभिनयको प्रशंसा गर्दै चलचित्र हेर्दा धेरै पटक रोएको धेरैले लेखेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार