होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • टिप्स
  • यस्तो हुन्छ चिसो मौसमको एलर्जी, यसरी बच्नुहोस्
टिप्स

यस्तो हुन्छ चिसो मौसमको एलर्जी, यसरी बच्नुहोस्

  • नागरिक रैबार
यस्तो हुन्छ चिसो मौसमको एलर्जी, यसरी बच्नुहोस्

मंसिरको अन्तिम साता लागेसंगै अहिले चिसो बढेको छ । चिसोको मौसममा धेरैलाई एलर्जीको समस्याले सताउने गर्दछ ।चिसोमा लगातार नाक बग्नु, हाँच्छ्यिु आउनु र रुघाखोकी लाग्नु आफैमा एलर्जीको संकेत हुनसक्छ ।

सामान्यतया, एलर्जी हुनुमा हानिकारक भाइरस तथा व्याक्टेरिया मुख्य कारण हुनेगर्छ । विशेषगरी, चिसो वा जाडो मौसममा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुने गर्छ ।

जसले गर्दा यस्ता भाइरस तथा व्याक्टेरियाले शरीरमा छिटै असर गर्दछ ।

विज्ञापन

चिसोको एलर्जी लक्षण
– नाक चिलाउनु
– आँखा चिलाउनु, रातो हुनु,
– आँखाबाट पानी बग्नु, सुन्निनु, पोल्नु
– लगातार हाच्छिँउ आउने,
– नाकबाट सिगान बग्ने नाक बन्द हुनु
– खोकी लाग्नु, दम बढ्नु
– टाउको भारी हुनु, शरीर दुख्नु
– घाँटी खसखसाउनु वा खोकी लाग्नु
– छाला रातो हुनु, चिलाउनु
– कान सुन्ने क्षमता कमी हुनु, कानमा समस्या,
– मुख वरिपरि सुन्निनु, खाना निल्न समस्या हुनु

बच्ने उपाय
चिसोको एलर्जीको धुलोधुवाबाट समेत हुने भएकाले सडकमा हिड्दा नाक मुख छोपर हिड्ने, सरसफाइ गर्दा भ्याकुम क्लिनरको प्रयोग गर्नु पर्दछ । आफुले प्रयोग गर्ने कपडा ओच्छ्यान ओसिलो हुनबाट जोगाउन समय समयमा घाममा सुकाउनु पर्दछ ।

घरमा जनावर छन् भने तिनको रौंबाट बच्नु पर्दछ । सकेसम्म घर पालुवा जनावरबाट टाढै रहनु पर्दछ । एकै पटक तातोचिसो खानु हुदैँन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार