होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • यी लक्षणबाट थाहा हुन्छ डिप्रेसनको समस्या
विचित्र संसार

यी लक्षणबाट थाहा हुन्छ डिप्रेसनको समस्या

  • नागरिक रैबार
यी लक्षणबाट थाहा हुन्छ डिप्रेसनको समस्या

नेपाली समाजमा डिप्रेसनको समस्या भयावह बन्दै गएको छ । डिप्रेसनको शिकार भएका कतिपयले आत्महत्यासम्मको बाटो रोजेका छन् । डिप्रेसनग्रस्त मानिसले आत्माहत्या गर्नुको मूख्य कारण नै डिप्रेसन हो ।

मुटु रोगपछि डिप्रेसन विश्वको दोस्रो ठूलो समस्या हो । डिप्रेसन मूलत: मानसिक समस्या हो । डिप्रेसन पैदा गराउने कारण भने मानसिक मात्र हुँदैन ।

शारीरिक कारणले समेत यो समस्या निम्त्याउँछ । मानिसमा कुण्ठा, चिन्ता, पीर, आकंक्षा जस्ता कुराले डिप्रेसन पैदा गर्दछ । धेरैलाई डिप्रेसनको लक्षण देखिएको लामो समयपछि थाहा हुन्छ । यद्यपी सुरुवाती अवस्थामै यसबारे थाहा भएमा उपचार सहज हुन्छ ।

विज्ञापन

यदी निम्न अवस्था वा लक्षण देखिएमा डिप्रेसन भएको हुनसक्छ :
– निद्रा नलाग्नु
– भोक नलाग्नु
– अपराध बोध महसुस भइरहनु
– हमेशा उदास रहनु
– आत्मविश्वासमा कमी आउनु
– म केही होइन भन्ने महशुस हुनु
– थकान र सुस्तता महसुस हुनु
– यौन उत्तेजना नहुनु
– मादक पदार्थ सेवन बढि गर्नु
– एकाग्रतामा कमी आउनु
– आत्महत्या गर्ने सोच आउनु र बारम्बार आउनु
– कुनै पनि काममा मन नलाग्नु

बच्ने उपाय
डिप्रेसनबाट बच्ने राम्रो विधी भनेको यसबारे खुलेर कुराकानी गर्नु नै हो । यसकालागि आफ्नो नियमित जीवनलाई व्यस्त बनाउने, मानिससंग घुलमिल बढाउने, साना बालबालिकासँग खेल्ने, एक्लै वा एकाग्र नरहने र परिवारमा कुराकानी गरिरहेमा धेरै हदसम्म यो समस्यामा नियन्त्रण आउँछ ।

मुलतः मानिसले आफूलाई कमजोर नठान्ने, सकेसम्म मानिसको भिड वा कुराकानीमा रमाउने, आत्मबल बढाउने र आफु र आफ्नो शरीरलाई समय दिनु पर्दछ । प्रशस्त व्यायाम, निन्द्रा, भोक वा यौन चाहाना जगाउने प्रयास गर्नु पर्दछ। यसले बिस्तारै डिप्रेसनको समस्या कम हुदैँ जान्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार