होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘सत्यम्’मा राजेश र अनुपविक्रम
मनोरञ्जन

‘सत्यम्’मा राजेश र अनुपविक्रम

  • नागरिक रैबार
‘सत्यम्’मा राजेश र अनुपविक्रम

नायक राजेश हमाल केही समयको अन्तरालपछि चलचित्रको पर्दामा फर्किने तयारीमा छन् । लकडाउनपछि धमाधम म्यूजिक भिडियोमा काम गरेका हमालले एक नयाँ चलचित्र साइन गरेका हुन् ।

चलचित्र ‘रोमियो’का निर्देशक शंकर कार्कीले निर्देशन गर्न लागेको चलचित्र ‘सत्यम्’मा नायक हमालले काम गर्ने पक्का भएको हो । निर्देशक कार्कीले पनि  कुरा गर्दै नायक हमालले चलचित्रका लागि लिखित संझौता समेत गरिसकेको बताए ।

 

विज्ञापन

यो चलचित्रको शिर्ष भूमिकामा नायक राजेश हमाल नै देखिदैछन् । यो चलचित्रमा नायक अनुप विक्रम शाहीले पनि काम गर्दैछन् । चलचित्रमा अनुप खलनायकको भूमिकामा देखिने वुझिएको छ ।

चलचित्रका लागि नायिका फाइनल गरिएको छैन । तर, निर्देशक कार्कीका अनुसार नायिका उपासना सिंह ठकुरीसँग कुरा लगभग पक्का भएको छ । उपासना पोखरामा चलचित्र ‘डिसेम्बर फल्स’को छायांकनका लागि गएकाले लिखित संझौता हुन नपाएको तर मौखिक रुपमा सहमती भैसकेको निर्देशकको तर्क छ ।

पछिल्ला केही चलचित्र असफल भएपछि नायक राजेश हमालले ठूलो पर्दाबाट आफूलाई टाढा बनाएका थिए । तर, नायक हमालले कथा मन परेपछि ‘सत्यम्’मा काम गर्ने मन बनाएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार