होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जसपा नेपालले देशभरका सदरमुकाममा प्रदर्शन गर्दै
समाचार

जसपा नेपालले देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

  • नागरिक रैबार
जसपा नेपालले देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

जनता समाजवादी पार्टी नेपालले संसद् विघटनको विरुद्धमा आज सबै जिल्लाको सदरमुकाममा विरोधका कार्यक्रम आयोजना गरेको छ ।

संसद विघटन विरुद्धको दोस्रोचरणको आन्दोलन अन्तर्गत आज अन्तिम दिन जिल्लाका सदरमुकाम तथा मुख्य शहरमा विरोधसभा सम्पन्न गरेर थप कार्यक्रमबारेमा पार्टीले आवश्यक निर्णय लिने जसपा नेपालका नेता डा.सुरेन्द्र झाले बताए ।

पार्टीका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतो प्रमुख वक्ता भएर गएका छन् भने संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई कैलाली जिल्ला पुगेका छन् । कार्यकारिणी सदस्य शरदसिंह भण्डारी मोरगं पुगेका छन् । त्यस्तै, ललितपुरको प्रमुख वक्ता कार्यकारिणी सदस्य केशव झा, काठमाडौं जिल्लाको प्रमुख वक्ता कार्यकारिणी सदस्य हिसिला यमी रहेका छन् भने अनि सबै नेताहरु आआफ्नै जिल्लामा कार्यक्रमको आयोजना गरेका छन् ।

विज्ञापन

दोस्रो चरणको आन्दोलनका कार्यक्रम पुस २५ गतेदेखि शुरु गरेको थियो । संसद विघटन लोकतन्त्र र परिवर्तनप्रतिको प्रहार हो, यो संसद विघटन मात्र होइन, गणतन्त्र र संघीयतालाई धरापमा पार्ने कार्य प्रधानमन्त्री ओलीले गरेको कारण लोकतन्त्र र संघीयताका लागि यो आन्दोलन भइरहेको नेता झाले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार