होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • ओलीले स्पष्टीकरण सोधेपछि झाँक्रीले भनिन्– तपाईं अध्यक्ष छाड्नुस्
राजनीति

ओलीले स्पष्टीकरण सोधेपछि झाँक्रीले भनिन्– तपाईं अध्यक्ष छाड्नुस्

  • नागरिक रैबार
ओलीले स्पष्टीकरण सोधेपछि झाँक्रीले भनिन्– तपाईं अध्यक्ष छाड्नुस्

काठमाडौं: एमाले नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष केपी ओलीलाई संयमित भएर एकताको पक्षमा केन्द्रित हुन आग्रह गरेकी छिन्।

पटक-पटक असंवैधानिक र गैरकानुनी काम गर्दै अघि बढेका अध्यक्षले आक्रोशमा अन्य सदस्यलाई कारबाही गर्ने नभई संयमित भएर अघि बढ्नुपर्ने धारणा झाँक्रीको छ।

‘हामीहरूमाथि सोधिने स्पष्टीकरण पार्टीको विधान र संविधानको धाराले चिन्दैन। ओलीले यसअघि गरेका कारबाहीको पनि कुनै तुक थिएन। यसको पनि कुनै औचित्य छैन,’ उनले भनिन्।

एमालेको केन्द्रीय कमिटी बैठकले २२ जना सांसदलाई कारबाहीपूर्व स्पष्टीकरण सोधेको छ। २४ घण्टे स्पष्टीकरणपछि उनीहरूलाई कारबाही गर्ने एमालेको तयारी छ। यसै कदमको जवाफ दिँदै उनले ओलीलाई थप गल्तीहरू गर्दै जानुको साटो अवैधानिक कदम सच्याउन चुनौती दिएकी हुन्।

‘हामीले संविधान र संसदलाई जोगाएर कुनै पनि अपराध गरेका छैनौँ। बरु दुईतिहाइको कम्युनिस्ट पार्टी र सरकारको अवसान गराउँदै उहाँले गल्ती गर्नुभएको छ। आफ्नो गल्तीप्रति क्षमा माग्दै संयमित ढंगले अध्यक्ष ओली एकताको पक्षमा उभिनुपर्छ,’ उनले भनिन्।

एमाले एकताका लागि अध्यक्षबाट राजीनामा आवश्यक परे ओलीले राजीनामा दिनुपर्ने झाँक्रीको भनाइ छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
Breaking News
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ४ दिन अगाडि