होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जसपाको बैठक अन्तिम समयमा स्थगित
समाचार

जसपाको बैठक अन्तिम समयमा स्थगित

  • नागरिक रैबार
जसपाको बैठक अन्तिम समयमा स्थगित

काठमाडौँ चैत ५–जनता समाजवादी पार्टी नेपाल कार्यकारिणी समितिको आज बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको छ । शंखमुलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा ११ बजेका लागि बोलाइएको बैठकमा सहभागी हुन अधिकांश सदस्य आइसकेका थिए, तर अचानक बैठक स्थगित गरिएको हो ।

कार्यकारिणी सदस्य केशव झाका अनुसार बैठकको तयारी नपुगेको कारण स्थगित गरिएको छ । पार्टीको समायोजनका कामहरुको दस्तावेज तयार नभएको कारण बैठक स्थगित भएको उनले बताए । तर स्रोतका अनुसार सत्ता समीकरणका लागि कसलाई सहयोग गर्ने विषयमा दुई पक्षको बीचमा कुरा नमिल्दा बैठक स्थगित गरिएको हो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्ष र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षको बीचमा कुराकानी नमिलेको हुँदा बैठक स्थगित गरिएको स्रोतको दाबी छ ।

हिजो अबेरसम्म दुवै पक्ष छुट्टा छुट्टै छलफलमा जुटेका थिए । सत्ता समीकरणका लागि माओवादी केन्द्रलाई सहयोग गर्ने कि एमालेलाई सहयोग गर्ने विषयमा टुङ्गो लगाउन आजको बैठक बोलाइएको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार