होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • देउवालाई काँग्रेसभित्रबाट चुनौती
राजनीति

देउवालाई काँग्रेसभित्रबाट चुनौती

  • नागरिक रैबार
देउवालाई काँग्रेसभित्रबाट चुनौती

काठमाडौं, २ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा जटिल राजनीतिक परिस्थितिबीच प्रधानमन्त्री बनेका छन् । विगतमा जस्तो उनमो प्रधानमन्त्री बन्दा त्यति खुशी प्रकट भएको छैन । उनी यसपटक प्रधानमन्त्री बन्न त्यतिसारो लालायित पनि थिएनन् ।

तत्कालीन नेकपा हुँदै नेकपा एमालेभित्रको विवादले देउवालाई प्रधानमन्त्रीको कुर्सीसम्म पुर्यायो । तर, कुर्सी थाम्न सजिलो छैन । उनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका अलावा जसपाको उपेन्द्र यादव पक्षधरलाई चित्त बुझाउनुपर्ने हुन्छ ।

मन्त्रिमण्डल बाँडफाँडमा माओवादीले अर्थ र ऊर्जा जस्ता महत्वपूर्ण मन्त्रालय पाइसकेको छ । गृहमा देउवाले आफूनिकट बालकृष्ण खाँडलाई लगेका छन् । महत्वपूर्ण मन्त्रालयहरु बाँडफाँड अर्को समस्या आउन सक्छ । माधवकुमार नेपाल र उपेन्द्र यादवले आफ्नो समूह व्यवस्थापनका लागि बढी भन्दा बढी र शक्तिशाली मन्त्रालय माग गर्न सक्छन् । त्यो अर्को चुनौती बन्न सक्छ ।

देउवाले विश्वासको मत पाउन सजिलो छैन । एमालेभित्र माधवकुमार नेपाल पक्ष एकढिक्का हुनुपर्छ । उक्त समूहमा १० भन्दा कम सांसद रहेमा अर्को समस्या आउन सक्छ ।

जसपाको उपेन्द्र यादव समूहमा यथावस्थामा १३ जना सांसद छन् । उक्त संख्या जोगाउनुपर्ने चुनौती छ । मन्त्री बन्न नपाए गुट नै छाड्ने अवस्था बन्न सक्छ ।
विश्वासको मत पाएमा देउवालाई अबको सरकार सञ्चालन सजिलो छैन । विश्वासको मत नपाए चुनावमा जाने सम्भावना हुन्छ । तर, फेरि मुद्दा अदालतमा जाने सम्भावना पनि छ ।

देउवालाई अर्को चुनौती आफ्नै पार्टी भित्रबाट हुनसक्छ । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटोला, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला र सुजाता कोइराला मात्र नभई उपसभापति विमलेन्द्र निधि पनि देउवाको विपक्षमा छन् । उनीहरुको चुनौती सामना गर्न कठिन हुनसक्छ ।

काँग्रेसको १४औं महाधिवेशन भदौका लागि तोकिएको छ । महाधिवेशनमा देउवालाई फेरि सभापति बन्न कठिन छ । मन्त्रिमण्डल बाँडफाँडमा अन्य दललाई महत्वपूर्ण मन्त्रालय दिएपछि देउवा आफ्नै समूहभित्रबाट दबाबमा पर्न सक्छन् । अर्कोतर्फ, पौडेल समूहबाट मन्त्री बनाएर व्यवस्थापनको चुनौती पनि छ ।

देउवाले प्रधानमन्त्रीको सपथ खाएपछि विदेशी नेताहरुमध्ये छिमेकी भारत र चीनका प्रधानमन्त्रीहरुबाट बधाई पाएनन् । राजदूतहरुले निवासमै भेटेर बधाई दिए । विदेशी नेताहरुले बधाई नदिनुले देउवामाथि छिमेकीबाट असहयोग हुने आँकलन उत्तिकै छ । कुटनीतिक क्षमता देखाएर छिमेकीको साथ लिने चुनौती पनि देउवासामु छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ दिन अगाडि