होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • माग सम्बाेधन नभएका कारण माधव पक्षले बैठक बहिष्कार गरेकाे हाे : नेता रावल
राजनीति

माग सम्बाेधन नभएका कारण माधव पक्षले बैठक बहिष्कार गरेकाे हाे : नेता रावल

  • नागरिक रैबार
माग सम्बाेधन नभएका कारण माधव पक्षले बैठक बहिष्कार गरेकाे हाे : नेता रावल

काठमाण्डाै – नेकपा एमालेका नेता डा. भीम रावलले स्थायी कमिटी र संसदीय दलको बैठक स्थगित गर्नुपर्ने आफूहरूको माग सम्बोधन नभएका कारण माधव नेपाल पक्षले बैठक बहिष्कार गरेको बताउनुभएको छ ।

स्थायी कमिटी सदस्यसमेत रहेका कार्यदल सदस्यहरूले बैठक स्थगित गर्न र शीर्ष तहमा सहमति गरेर मात्रै बैठक सञ्चालन गर्न माग गरेको भए पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक सञ्चालन गरेपछि आफूहरू बैठकमा सहभागी नभएको नेता रावलले बताउनुभयो ।

अध्यक्ष ओलीको पछिल्लो अभिव्यक्तिका कारण एकतामा अप्ठ्यारो सिर्जना गरेको भन्दै केही समयपछि बैठक राख्न आग्रह गर्दा पनि उहाँले बैठक सञ्चालन गरेको नेता रावलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘एकतालाई अगाडि बढाउन अध्यक्ष केपी ओली र बैठकमा उपस्थित नेताहरूले गम्भीर रूपमा सोच्नुहोस् । यो बैठक स्थगित गर्नुहोस् र हामीले जुन कार्यदलमा सहमति गरेर यो प्रक्रिया अगाडि बढ्ला भन्ने अपेक्षा गरेका थियौँ । स्वयम् पार्टी अध्यक्षबाट आफ्नो निवासमा सर्ने क्रममा दिएका अभिव्यक्तिले हामीलाई झनै अप्ठ्यारो परेको छ । त्यस कारण अलिकति हामीलाई समयको आवश्यकता पर्‍याे । यो समय हामीलाई दिनुस्, स्थायी कमिटी बैठक स्थगित गर्नुस् । संसदीय दलको बैठक स्थगित गरौँ । अनौपचारिक कुरा गरौँ । पार्टी अध्यक्ष र वरिष्ठ नेताको बीचमा शीर्ष तहमा कुराकानी गर्ने, हामीहरू बीचमा अनौपचारिक कुराकानी गर्ने, हामीले कार्यदलको बैठकमा जुन प्रक्रियागत कुरामा सहमति गरेका थियौँ । तदनुकुल अगाडि जाने कुरातर्फ अगाडि जाउँ भनेर उहाँहरूलाई हामीले आग्रह गर्‍याैँ । पार्टी अध्यक्षले यो बैठक जारी रहन्छ, यसका कार्यसूची अगाडि बढाउनुस् भनेपछि हामीले भन्यौँ, हाम्रो बैठकमा सहभागिता छैन । हामी हिड्यौँ भनेर हिड्यौँ ।’

विज्ञापन

नेता रावलले आफूहरू पार्टी एकताको पक्षमा रहेको र कार्यदलमा सहमति गरेअनुसार पार्टी बैठक सञ्चालन गरिनुपर्ने बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार