होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बैठक रोक्न र दशबुँदे अनुसार अघि बढ्ने नेपाल पक्षको प्रस्ताव ओलीले मानेनन्
राजनीति

बैठक रोक्न र दशबुँदे अनुसार अघि बढ्ने नेपाल पक्षको प्रस्ताव ओलीले मानेनन्

  • नागरिक रैबार
बैठक रोक्न र दशबुँदे अनुसार अघि बढ्ने नेपाल पक्षको प्रस्ताव ओलीले मानेनन्

१ असार, काठमाडौं । एकपक्षीय रुपमा बोलाएको स्थायी कमिटी बैठक रोक्न र दशबुँदे सहमतिअनुसार अगाडि बढ्न माधवकुमार नेपाल पक्षले गरेको आग्रह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् ।

अध्यक्ष ओलीले शुक्रबार स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका छन् । तुलसीलाल प्रतिष्ठान, च्यासलमा बिहान साढे ११ बजेतिर शुरु भएको बैठकमा ओली पक्षीय नेताहरु मात्र सहभागी भएका थिए । तर बैठक चलिरहँदा पार्टीमा एकताका लागि १०बुँदे सहमति जुटाएको कार्यदलमा रहेका माधवकुमार नेपाल समूहका नेताहरु च्यासलमा आइपुगेका थिए ।

विज्ञापन

कार्यदलमा नेपाल पक्षका संयोजक समेत रहेका उपाध्यक्ष भीम रावलका अनुसार अध्यक्ष ओलीले बैठक पुस्तिकामा हस्ताक्षर गरेर मात्र बोल्न पाउने बताएका थिए । तर आफूले कार्यदलको तर्फबाट बोल्न दिनुस्, नभए उपाध्यक्षको तर्फबाट बोल्न दिनुस् भनेपछि अध्यक्ष ओलीले समय दिएका थिए ।

बैठकमा रावलले कार्यदलले गरेको सहमतिअनुसार अघि बढ्न र बैठक रोक्न आग्रह गरेका छन् । उनका अनुसार कार्यदलले २ जेठ २०७५ मा कायम रहेको एमालेको कमिटीमा फर्किने र त्यसको बैठक बोलाउने प्रक्रियामा समेत सहमति जुटाएको छ । तर त्यसविपरीत बैठक राखेको भन्दै उनले भने, ‘कार्यदलले जे सहमति गरेको छ, त्यसअनुसार बैठक अगाडि बढाउनुस् ।’

‘एमालेको एकतालाई खण्डित गर्ने खेल नगर्नुस् । राष्ट्रिय एकता, आम जनता र एमालेका कार्यकर्ताका हितका लागि एमालेको एकता अपरिहार्य छ । यसलाई कायम गरियोस् । कार्यदलमा जे सहमति गरेका छौं, त्यो भन्दा अन्यथा नगरियोस्,’ उनले अघि भने ।

एमालेको एकताका लागि अध्यक्ष ओली र अरु नेताहरुले गम्भीर रुपमा सोच्नुपर्ने भन्दै उनले स्थायी कमिटी र संसदीय दलको बैठक स्थगित गर्न आग्रह गरेका छन् ।

कार्यदलमा भएको सहमति अनुसार अगाडि बढ्ला भन्ने अपेक्षा गरेको बेला निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो निवासमा सर्ने क्रममा दिएको अभिव्यक्तिले झनै अप्ठ्यारो पारेको भन्दै उनले, ‘अलिकति समय आवश्यक पर्‍यो । आजको स्थायी कमिटी र संसदीय दलको बैठक स्थगित गर्नुस् ।’

तर ओलीले बैठक रोक्न अस्वीकार गरेका छन् । ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटी बैठक अहिले बसिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
Breaking News
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ४ दिन अगाडि