होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • प्रतिनिधिसभा विघटन मुद्दा : आजदेखि एमिकस क्युरीको बहस
देश/प्रदेश

प्रतिनिधिसभा विघटन मुद्दा : आजदेखि एमिकस क्युरीको बहस

  • नागरिक रैबार
प्रतिनिधिसभा विघटन मुद्दा : आजदेखि एमिकस क्युरीको बहस

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा परेको रिटमा सर्वाेच्च अदालतमा निवेदक र विपक्षी तर्फका वकिलको बहस सकिएको छ ।

दुवैतर्फका वकिलको बहस सकिएपछि अब यो मुद्दामा एमिकस क्युरीले बहस गर्नेछन् । आजदेखि प्रतिनिधिसभा विघटन मुद्दामा एमिकस क्युरीले आफ्नो राय दिनेछन् ।

एमिकस क्युरीलाई अदालतको साथीका रुपमा लिइन्छ । कुनै खास मुद्दामा विज्ञको राय लिनु आवश्यक ठानेमा अदालतले सम्बन्धित मुद्दामा राय दिनका लागि एमिकस क्युरी बोलाउन सक्छ । यो मुद्दामा सर्वोच्च अदालतले एमिकस क्युरी बोलाएको छ ।

विज्ञापन

एमिकस क्युरीले सम्बन्धित मुद्दाको पक्ष या विपक्षमा नलागी स्वतन्त्र र निस्पक्ष ढंगले आफ्नो राय दिनेछन् भन्ने मान्यता रहन्छ । मुद्दाका पक्ष या विपक्षले आफ्नो पक्षको तर्फबाट बहस गर्ने गर्दछन् । तर एमिकस क्युरीले भने स्वतन्त्रतापूर्वक आफ्नो राय राख्ने गर्दछन् ।

सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको यो मुद्दामा इजलासले मङ्गलबारदेखि एमिकस क्युरीको धारणा सुन्ने जनाउ दिइसकेको छ ।

अदालतको आदेशअनुसार नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनबाट पाँच जना एमिकस क्युरीका रूपमा सिफारिस भएका छन् ।

क्युरीका सदस्यमा नेपाल बारका तर्फबाट बद्रिबहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल सामेल छन् । सर्वोच्च अदालत बारबाट पूर्णमान शाक्य र गीता पाठक सामेल छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार