होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • ‘टाइगर ३’ मा बलिउडकै महँगो रोमान्टिक गीत
बलिउड/हलिउड

‘टाइगर ३’ मा बलिउडकै महँगो रोमान्टिक गीत

  • नागरिक रैबार
‘टाइगर ३’ मा बलिउडकै महँगो रोमान्टिक गीत

बलिउडमा निर्माताहरु फिल्मको प्रचारका लागि नयाँ-नयाँ तरिका अपनाइरहेका हुन्छन्।’टाइगर जिन्दा है’ सार्वजनिक गर्ने बेला फिल्मका निर्माताले अस्ट्रियाको जमेको तालमा अभिनेत्री कैट्रिनाको सुन्दर चित्र अनावरण गरेका थिए।

यस पटक सोही टोलीले ‘टाइगर ३’ फिल्मको चर्चाका लागि पनि यस्तै तरिका अपनाउँदै छ।’टाइगर ३’ को छायांकनका क्रममा फिल्मका मुख्य कलाकार सलमान खान र कट्रिना कैफ हाल टर्कीमा छन्।

बलिउडकै रोमान्टिक जोडीबीच छायांकन हुने गीतको खबर अहिले चर्चामा छ।इन्डिया टाइम्सका अनुसार सलमान र कट्ररिनाबीच बलिउडकै सबैभन्दा महँगो रोमान्टिक गीत छायांकन हुने छ।

विज्ञापन

तीन करोड भारु खर्च गरिने यो गीत ‘टाइगर जिन्दा है’ को चर्चित गीत ‘स्वाग से स्वागत’ भन्दा हिट हुने अपेक्षा राखिएको छ।निर्माता आदित्य चोपडा र निर्देशक मनीष शर्माको फिल्ममा रहने यो गीतलाई लिएर उनीहरुले ठूलो योजना बनाएका छन्। कथाले टाइगर (सलमान) र जोया (कट्रिना) विपक्षीलाई पछ्याउँदै एउटा देशबाट अर्को देश पसेको देखाउनु पर्ने छ।

खबर अनुसार, यो गीत क्याप्पाडोसियाको सुन्दर लोकेसनमा छायांकन हुने छ।वैभवी मर्चेंटको कोरियोग्राफी रहने गीतमा प्रीतमको संगीत रहने छ।यसलाई धेरै रोमान्टिक र महँगा गीतहरु मध्येको एक गीत हुने बताइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार