होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • गायिका विष्णु माझीको जीवन फेरि बहसमा
मनोरञ्जन

गायिका विष्णु माझीको जीवन फेरि बहसमा

कतिपयले उनी नै श्रीमान्‌को ‘जेलमा’ छिन् पनि भनेका छन् तर गीतको शब्द भने श्रीमान् सुन्दरमणिले नै लेखेका हुन्

  • नागरिक रैबार
गायिका विष्णु माझीको जीवन फेरि बहसमा

कास्की — ‘तीजको दरै खान मन थियो, माइती घरै जान मन थियो,
जेलैमा हो जेलैमा चरी जेलैमा, मै छोरी रुँदैरुँदै बेसी मेलैमा’

एक वर्षअघि जन्मदिने आमा गुमाएकी चर्चित लोक दोहोरी गायिका विष्णु माझीको यस वर्षको तीज गीत हो यो । २४ दिनअघि (भदौ ३) मात्रै सपना म्युजिक इन्डस्ट्रिजको युट्युबमार्फत सार्वजनिक गरिएको यो गीत अहिले युट्युब ‘टेन्डिङ’ मा छ । बजारमा तीज गीतको बाढी आएका बेला चरी जेलैमा गीतले सबैलाई किनारामा पारेको छ । २ भदौमा युट्युबमा राखिएको यो गीत २५ दिनमा २ करोडभन्दा पटक हेरिएको छ ।

‘पुतलीको भट्टी’ भाग १७ का रूपमा सार्वजनिक गरिएको यो गीतले एक सातामै करोडभन्दा बढी ‘भ्युज’ कमाएको छ । ‘पुतलीको भट्टी’ शृंखला तीजकै सन्दर्भमा सार्वजनिक गर्ने परम्पराजस्तै छ । त्यसो त यसअघि पनि विष्णु माझीले गाएका आधा दर्जन गीत करोड क्लबमा प्रवेश गरिसकेका छन् । ‘सालको पात टपरी’, ‘लालुमै’, ‘बोकेझार’, ‘छिपछिपे पानीमा लेउ’, ‘पिँडालु’ लगायतका गीत करोडभन्दा बढी हेरिएका छन् ।

विज्ञापन

विवाहित चेलीको वेदना समेटिएको गीतमा तीजमा माइत जाने, आमाले पकाएको दर खाने चेलीको रहर, घरका दुःख, श्रीम्नाबाट पाउने यातना प्रस्तुत गरिएको छ । अधिकांश गीतले तीजको मौलिकता गुमाउँदै आइरहेका बेला विष्णु माझीका गीतमा परम्परागत रूपमा नारी व्यथा समेटिएको लोक दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजी बताउँछन् । ‘खासगरी श्रीमान् खराब हुँदा महिलाले कति दुःख पाउँछन् यो गीतले देखाएको छ ।’

‘चरी जेलैमा’ गीतलाई भने गायिका विष्णुकै जीवनसँग पनि जोडेर विभिन्न टिप्पणी आइरहेका छन् । कतिपयले त उनी नै श्रीमान्को ‘जेलमा’ छन् पनि भनेका छन् । तर, गीतको शब्द भने श्रीमान् सुन्दरमणिले नै लेखेका हुन् । खासमा सफलताको उकालो चढ्न थालेदेखि नै विष्णु सार्वजनिक जीवनमा छैनन् । विष्णु सार्वजनिक जीवनमा छैनन्, गीत रेकर्डिङ गर्दासमेत राति मात्र स्टुडियो जान्छिन्, त्यो पनि श्रीमान्का साथ । उनी इन्टरनेट र सामाजिक सञ्जालमा कतै छैनन् । माइती घर जाँदिनन् ।

कतिपयले भने यो गीतबाट विष्णुले घर र श्रीमान् होइन, माइतीप्रति गुनासो गरेको टिप्पणी गरेका छन् । आम दर्शकले पनि गीतको प्रशंसा गरेका छन्, युट्युबमा १८ हजारभन्दा बढी प्रतिक्रिया आएका छन् । ‘गीत भनेको यस्तो हुनुपर्छ, बल्ल तीज आए जस्तो भयो,’ दर्शकले सुन्दरमणिको शब्द र विष्णुको स्वरको तारिफ गरेका छन् । गीत गाउने नगाउने निर्णय र सम्झौता श्रीमान्ले गर्छन् र पारिश्रमिक पनि उनैले लिन्छन् भन्ने कलाकारहरू नै विष्णुको स्वतन्त्रता संकटमा भएको दाबी गर्छन् । तर, प्रतिष्ठानका अध्यक्ष बीजी नै भन्छन्, ‘बाहिर सार्वजनिक नहुनु उनको स्वतन्त्रता हो तर उनी राष्ट्रिय कलाकार भएकाले पनि जनताले देख्न पाउनुपर्छ ।’

विन्ध्यावासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मी भने प्रत्येक वर्ष तीज गीत निस्किएपछि विष्णु माझीको चर्चा हुने बताउँछन् । ‘गुमनाम रहनु विष्णुकै इच्छा हो, माइतीको नाताले हामीले उनलाई बाहिर ल्याउन, दुःखसुख बुझ्न धेरै पहल गर्‍यौं, तर उनले नमानेपछि कति पिछा लाग्नु,’ उनले थपे ।

कलाकार शिव हमाल पनि गीतसंगीतमा धेरै नयाँ कलाकार आए पनि विष्णुसँग प्रतिस्पर्धा गर्न सक्ने कोही नभएको बताउँछन् । उनको विषयलाई लिएर यतिबेला स्याङ्जा प्रहरी र प्रशासन कार्यालयले पनि फेरि चासो दिएको छ । राष्ट्रिय मानवअधिकार आयोगले विष्णुको अवस्था खोजी गर्न पत्राचार गरेको स्याङ्जा प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले बताए । उनले विष्णु र सुन्दरमणिलाई एक पटक भेटेर नै छलफल गर्ने तयारी भएको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार