होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले सांसदको अवरोधकै बीच राष्ट्रियसभा बैठक सञ्चालन
समाचार

एमाले सांसदको अवरोधकै बीच राष्ट्रियसभा बैठक सञ्चालन

  • नागरिक रैबार
एमाले सांसदको अवरोधकै बीच राष्ट्रियसभा बैठक सञ्चालन

२८ भदौ, काठमाडौं । नेकपा एमालेका सांसदको अवरोधकै बीच राष्ट्रियसभा बैठक सञ्चालन भएको छ ।सोमबार नेकपा एमालेका सांसदले उठेर विरोध गरिरहेका बेला अध्यक्ष गणेश तिमिल्सिनाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित लोकसेवा आयोगसम्बन्धी विधेयक बैठकमा पेश गर्न अनुमति दिए ।

त्यसपछि बैठकमा एकीकृत समाजवादीका सांसद ठगेन्द्रप्रकाश पुरीले लोकसेवा आयोगसम्बन्धी प्रतिवेदन पेश गरे । बैठकको सुरुमा नै एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए ।

तर अध्यक्ष गणेश तिमिल्सिनाले एमाले सांसदलाई ‘यहाँको कुरा सम्बन्धित सबैलाई जानकारी छ । ढिलो चाँडो निकास पनि आउनेनै छ’ भन्दै बैठक अघि बढाएका हुन् । विधेयकको प्रतिवेदन पेश गरेपछि सोमबारको राष्ट्रियसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार