होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • महान्यायाधिवक्ता बडालद्वारा राजीनामा
समाचार

महान्यायाधिवक्ता बडालद्वारा राजीनामा

  • नागरिक रैबार
महान्यायाधिवक्ता बडालद्वारा राजीनामा

काठमाडौँ — महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको र प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त हुने भएकाले महान्यायाधिवक्ताले राजीनामा दिएका हुन् ।

महान्यायाधिवक्ता बडालले मंगलबार प्रधानमन्त्री ओलीमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लिखित राजीनामा दिएका हुन् ।

 

विज्ञापन

पदबाट राजीनामा दिएसँगै महान्यायाधिवक्ताको कार्यालयले बडालको बिदाई कार्यक्रम राखेको छ । महान्यायाधिवक्ता कार्यालयका सूचना अधिकारी गोकुलबहादुर निरौलाले महान्यायाधिवक्ताले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिएको र १ बजे बिदाई कार्यक्रम राखिएको जानकारी दिए ।

बडाललाई २०७७ चैत ६ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् । उनले चैत ८ गते पदबहाली गरेका थिए ।अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएपछि बडाललाई नियुक्त गरिएको थियो ।

 

दोस्रोपटक भएको प्रतिनिधिसभा विघटनको प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको तर्फबाट सर्वोच्च अदालतमा महान्यायाधिवक्ता बडालले बहस गरेका थिए । तर, प्रतिनिधिसभा पुनःस्थापना र प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश जारी गरेसँगै महान्यायाधिवक्ताले राजीनामा गरेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार