होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज ५, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पेरुमा कम्युनिस्ट व्यवस्था ल्याउने असफल प्रयास गरेका गोन्जालो को हुन् ?
समाचार

पेरुमा कम्युनिस्ट व्यवस्था ल्याउने असफल प्रयास गरेका गोन्जालो को हुन् ?

  • नागरिक रैबार
पेरुमा कम्युनिस्ट व्यवस्था ल्याउने असफल प्रयास गरेका गोन्जालो को हुन् ?

पेरुको विद्रोही सङ्गठन साइनिङ पाथका संस्थापक नेता अबिमेल गुजम्यानको शनिबार ८६ वर्षको उमेरमा निधन भएको छ । उनी गोन्जालो उपनामले संसारभर चर्चित छन् । यी नेता दर्शनशास्त्रका पूर्व प्रोफेसर थिए । उनी सन् १९९२ देखि आजीवन कारावासको सजाय भोगिरहेका थिए ।

गत जुलाईमा स्वास्थ्यसम्बन्धी समस्या देखिएपछि उनलाई जेलबाट अस्पताल सारिएको थियो । पेरुमा १९८० यता गोन्जालोको नेतृत्वमा चलेको एक दशकभन्दा लामो समय सशस्त्र द्वन्द्वका क्रममा झन्डै ७० हजार मानिस मारिएका थिए । १९९२ मा गोन्जालो पक्राउ परेपछि उनको सङ्गठन बिस्तारै कमजोर हुँदै गयो ।

विज्ञापन

पेरुको दक्षिणी किनार नजिकैको मोलेन्डो सहरमा १९३४ डिसेम्बरमा गोन्जालो जन्मिएका थिए । सानै छँदा गोन्जालोले आमा गुमाए, बाबु धनाढ्य व्यापारी थिए र उनले नै छोराको देखभाल गरे । बाल्यकालमा गोन्जालोले अभाव महसुस गर्नुपरेन । उनले एक निजी क्याथोलिनक माध्यमिक विद्यालयबाट स्कुले जीवन सबे । त्यसपछि अरेक्किपा विश्वविद्यालयमा पढे, त्यहाँ उनले जर्मन दार्शनिक इम्मानुयल कान्टबारे थेसिस गरेका थिए ।

विश्वविद्यालयको पढाइकै क्रममा उनी मार्क्सवादप्रति आकर्षित भएका हुन् । १९६२ आइपुग्दा उनी सान क्रिष्ट्रोल अफ हुवामान्गा राष्ट्रिय विश्वविद्यालयमा प्रोफेसर भइसकेका थिए । १९६५ मा चीन भ्रमणमा गएपछि उनी माओ त्से तुङबाट प्रभावित भए । र, पेरु फर्किएपछि उनी कम्युनिस्ट विचार राख्नेहरूसँग नजिक भए ।

पेरुका कम्युनिस्ट नेता जोसे कार्लोस मारियातेगुई भन्थे : ‘मार्क्सवाद र लेनिनवाद भविष्यको चम्किलो बाटो हो ।’ यही बोलीलाई आधार मानेर १९६९ मा गोन्जालो अन्य ११ जनाले पार्टीको नामा ‘साइनिङ पाथ’ जुराए ।

देशको बुर्जुवा सरकारलाई ढालेर कम्युनिस्ट सरकार बनाउने लक्ष्यले यस पार्टीले १९८० को दशकमा सशस्त्र विद्रोह थाल्यो । पार्टीमा झन्डै १० हजार जना सदस्यहरू थिए र १९८० को दशकमा एकपटक यो समूहले झन्डै सरकारलाई घुँडा टेकाइसकेको थियो ।

यस गृहयुद्धका क्रममा ७० हजारभन्दा बढी मानिस मारिए वा बेपत्ता भए । १९९२ मा गोन्जालो र उनकी प्रेमिका इलेना इपरागुइरे पक्राउ परे । उनीहरूलाई सैनिक अदालतले आजीवन कारावासको सजाय तोक्यो ।

टर्निङ प्वाइन्ट

१९८० मा पेरुको सैनिक सरकारले चुनाव घोषणा गरेपछि गोन्जालोहरुमाथि दबाब बढ्यो । साइनिङ पाथले यो निर्वाचन बहिस्कार गर्ने मात्र होइन, अयाकुचोमा मतपत्र जलाउने काम पनि गरे । यही समय आफूले कब्जामा लिएका गाउँमा साइनिङ पाथ क्रूर देखियो, पार्टी कार्यकर्ताले सरकारसँग साँठगाँठ रहेको आशङ्कामा गाउँलेहरूलाई मार्ने काम गरे । कतिपयलाई सार्वजनिक स्थानमा झुन्ड्याउने काम पनि गरे । जसकारण त्रास बढ्यो । केही समयपछि साइनिङ पाथका सदस्यहरूले हत्या र बम विस्फोट गराए, जसकारण सरकार निकै कमजोर अवस्थामा पुगिसकेको थियो ।

 

सरकारले सङ्कटकाल लागु ग–यो र स्थानीयहरूलाई हतियार समेत उपलब्ध गराएर लडाइँमा सहयोग ग–यो । सरकारतर्फबाट पेलानमा परेकाहरूले यस समय साइनिङ पाथप्रति सदाशयता राख्थे, तर उनीहरू पनि त्यति बेला झस्किए, जब १९८३ मा सान्टियागो डि लुकानामार्कामा ६९ जना स्थानीयलाई यस पार्टीका कार्यकर्ताहरूले बन्चरो, तरबार र गोली हानेर मारे । आफ्ना कमान्डरको हत्याको बदला भन्दै कार्यकर्ताहरूले यस्तो गरेका थिए ।

साइनिङ पाथको यस्तो डरलाग्दो हरकत गाउँमा मात्रै सीमित थिएन । १९९२ मा साइनिङ पाथले लिमास्थित मिराफ्लोरेस जिल्लामा दुईवटा ट्रकमा बम पड्काउँदा २५ जना घाइते भए, १ सय ५५ जनाभन्दा धेरै घाइते भए ।

पक्राउ र कारावास

१९९२ को सेप्टेम्बरमा विद्रोह लगभग समाप्त भयो, जब पेरुको गुप्तचर निकायले गोन्जालोलाई लिमास्थित डान्स स्टुडियोबाट पक्राउ ग–यो । यो अपार्टमेन्टमा मारिट्जा गेर्रीडो लेक्का नामकी चर्चित डान्सर बस्थिन् र उनले नै गोन्जालोलाई लुकाएकी थिइन् । सुरुमा उनले आफुमात्रै बस्ने गरेको दाबी गरेकी थिइन् । तर, सैनिकले छापा मात्रै क्रममा एकजनाभन्दा बढी व्यक्ति यस अपार्टमेन्टमा बस्ने गरेको पत्तो लगाएको थियो ।

गुप्तचरहरूले छानबिन गर्दा यस अपार्टमेन्टमा सरासिस नामक छाला रोगको औषधि पनि भेटिएको थियो, गोन्जालो उक्त रोगबाट पीडित थिए । कोठाभित्र टिभीमा बक्सिङ हेर्दै गरेको अवस्थामा प्रहरीले गोन्जालो र उनकी प्रेमिका इलिना इपोरागुइरेलाई पक्राउ ग–यो । उनीहरूसँग अन्य केही क्रान्तिकारीहरू पनि यही अपार्टमेन्टमा लुकेका थिए ।

तीन दिनसम्म सुनुवाइ चलेपछि गोन्जालोमाथि आजीवन जेल सजाय तोकियो । पेरुका तत्कालीन राष्ट्रपति अल्बार्टो फुजीमोरीले केही महिनाअघि मात्रै कानुन संशोधन गरेर कडा बनाएका थिए ।

गोन्जालोलाई सान लोरेन्जो टापूस्थित जलसेनाको अखडामा लगेर थुनियो ।

१९९३ अक्टुबरमा यी विद्रोही नेता टेलिभिजनमा देखिएका थिए । उनले आफ्ना समर्थकहरूसँग ‘शान्तिका लागि लड्न’ आग्रह गरे । उनको विज्ञप्तिलगत्तै साइनिङ पाथ पार्टीका झन्डै ६ सय सदस्यहरूले आममाफी कार्यक्रमअन्तर्गत सरकारसमक्ष आत्मसमर्पण गरे ।

गोन्जालोपछि उनको पार्टीका धेरै वरिष्ठ नेताहरू पनि पक्राउ परे । र, उनको पार्टी टुक्रा–टुक्रा भयो । केही कार्यकर्ताहरू अझै अन्देस क्षेत्रमा बस्छन् ।

२००४ मा गोन्जालोमाथि अर्को लामो सुनुवाइ सुरु भयो, जतिबेला राष्ट्रपति फुजीमोरीको निरङ्कुश कानुन हटिसकेको थियो । मिडियामाथि ठुलो कडाइ गरिएको थियो र रिपोर्टरहरूलाई यस सुनुवाइ प्रक्रियाको समाचार कभर गर्न दिइएको थिएन ।

२००६ मा उनीमाथि आतङ्कवाद र हत्याको आरोप लगाइयो । र, फेरि आजीवन कारावासको सजाय सुनाइयो ।

बाँकी जीवन गोन्जालोले इल काल्लाओस्थित सैनिक जेलको साँघुरो कोठामा बिताए । २०१० मा साइनिङ पाथकै विद्रोही तथा प्रेमिका इलेना इपरागुइरेसँग जेलभित्रै विवाह गर्ने अनुमति उनलाई दिइएको थियो ।

बीबीसी

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार