होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
समाचार

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

  • नागरिक रैबार
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको नवौँ अधिवेशन अन्तर्गत चौथो बैठक आज आइतबार पनि बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । प्रतिस्थापन विधेयकबाट सरकारले बजेट ल्याएपछि आइतबार पहिलोपटक प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।

संघीय संसद् सचिवालयले आजको बैठकका सम्भावित २३ कार्यसूची तय गरेको छ । शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो ।

आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष एमालेले अवरोध कायमै राख्ने तयारी गरेको छ । शनिबार बसेको एमाले स्थायी समिति बैठकले अवरोध कायमै राख्ने तर सांसदलाई मर्यादित भएर विरोध गर्न निर्देशन दिइसकेको छ । यसबारे अझ स्पष्ट पार्न एमाले संसदीय दलको बैठक अपराह्न १२ बस्दैछ ।

विज्ञापन

शुक्रबारको बैठक अवरोध गर्ने क्रममा एमालेका सांसदहरुले बेल घेराउ गर्दै रोष्टमतर्फ अघि बढ्ने प्रयास गरेका थिए । सोही क्रममा केही सांसदहरूले सभामुख तथा अर्थमन्त्रीलाई रोक्ने क्रममा आक्रमणको प्रयास नै गरेका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार