होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज ५, २०७८
जोडिनुहोस
  • होमपेज
  • सूचना-प्रविधि
  • फेसबुकले सार्वजनिक गर्‍यो स्मार्ट चश्मा, यी हुन् विशेषता
सूचना-प्रविधि

फेसबुकले सार्वजनिक गर्‍यो स्मार्ट चश्मा, यी हुन् विशेषता

  • नागरिक रैबार
फेसबुकले सार्वजनिक गर्‍यो स्मार्ट चश्मा, यी हुन् विशेषता

काठमाडौं । सोसल मिडिया कम्पनी फेसबुकको बहुप्रतिक्षित स्मार्ट चश्मा सार्वजनिक भएको छ ।लक्जरी चश्मा ब्राण्ड रे–बन उत्पादक कम्पनी एसिलर लक्जोटिकासँगको सहकार्यमा फेसबुकले स्मार्ट चश्मा तयार गरेको हो । फेसबुकको स्मार्ट चश्माको नाम ‘रे बन स्टोरिज’ राखिएको छ ।

बिहीबार सार्वजनिक गरिएको स्मार्ट चश्माको मूल्य ३ सय अमेरिकी डलर तोकिएको छ ।फेसबुकको स्मार्ट चश्मा प्रविधिगत रुपले मोबाइल क्यामरा र ब्लुटुथ एयरफोनको समिश्रणको रुपमा रहेको छ । यो चश्मामा दुईवटा क्यामरा छन् ।

यस चश्माबाट प्रयोगकर्ताले फोटोहरु खिच्न सक्नेछन् भने ३० सेकेण्डसम्मको भिडियो पनि खिच्न सक्नेछन् । साथै यसमा म्युजिक, पडकास्ट सुन्न, अडियो नोटिफिकेसनका साथै फोन कल प्राप्त गर्न पनि सकिन्छ ।

विज्ञापन

स्मार्ट चश्माको क्यामरा चालु गर्नका लागि प्रयोगकर्ताले चश्माको दायाँ खुट्टामा रहेको बटन थिच्नुपर्नेछ वा फेसबुक एसिस्टेन्टलाई फोटो खिच्न वा भिडियो रेकर्ड गर्नका लागि आदेश दिए पुग्नेछ ।

फोटो वा भिडियो खिच्ने बेलामा माथिल्लो भागको दायाँ छेउँमा दुईवटा एलइडी लाइट बल्नेछन्, त्यसमध्ये एउटा प्रयोगकर्तातर्फ फर्किएको छ भने अर्को फोटो खिचिने वस्तुतर्फ फर्किएको हुन्छ ।

फेसबुकको यो चश्माले प्रयोगकर्ताले देखका कुराहरु चाहे अनुसार सिधै फेसबुक वा इन्स्टाग्राममा पोष्ट गर्छ कि भन्ने लाग्न सक्दछ । तर यसले त्यसो गर्न सक्दैन । यसले फोटो तथा भिडियो खिच्ने काम गर्न सक्दछ र त्यसरी खिचिएका फोटो तथा भिडियोलाई एक विशेष एपको माध्यमबाट फोनमा पठाउन सकिन्छ । ब्लुटुथबाट स्मार्टफोनलाई चश्मासँग आबद्ध गराउने उक्त एपको नाम क्यू हो ।

उक्त एपलाई लगइन गर्नका लागि फेसबुक अकाउन्ट आवश्यक पर्दछ तर चश्माले रेकर्ड गर्ने फोटो तथा भिडियोहरु यो एपले फेसबुकमा सिधै पोष्ट गर्न भने सक्दैन । फोटो तथा भिडियोहरु एपमार्फत् फोनमा आएर भण्डारण हुन्छन्, फेसबुकको सर्भर वा क्लाउडमा आउँदैनन् ।
लामो समयदेखि चर्चामा रहेको फेसबुकको स्मार्ट चश्मा सार्वजनिक भएसँगै यसको गोपनीयताको बारेमा प्रश्नहरु उठ्ने गरेका छन् । यो चश्मालाई मानिसहरुले जासूसी चश्माको रुपमा लगाएर हिंड्न सक्ने, अनधिकृत रुपमा फोटो तथा भिडियो खिच्नसक्ने र यसले मानिसहरुको गोपनीयतामा असर पार्नसक्ने आवाज उठिरहेका छन् ।

फेसबुकको चश्माका विशेषता यस्ता छन् :

चश्माका दुबै डण्डीमा माथि क्यामरा राखिएको हुन्छ, जुन ५ मेगापिक्सेलका हुन्छन् । त्यसैले यसबाट लिइने फोटो तथा भिडियोको गुणस्तर उत्कृष्ट नै हुन्छ ।
चश्मामा रहेको क्यामराले कम प्रकाशमा पनि राम्रो तस्वीर तथा भिडियो खिच्दछ र भिडियो खिच्ने बेलामा कम मात्र हल्लिन्छ ।
चश्माको डण्डीमा स्पीकर हुन्छ जुन शरीरको स्पर्शबाट सक्रिय हुन्छ र प्रयोग गर्न सजिलो हुन्छ ।
यो चश्मा सामान्य चश्माभन्दा केही गह्रौँ छ र पूर्ण चार्ज हुनका लागि ६ घण्टा लाग्दछ ।
–एजेन्सी

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार