होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका ४८७ वडामा कांग्रेसको नयाँ नेतृत्व चयन
समाचार

सुदूरपश्चिमका ४८७ वडामा कांग्रेसको नयाँ नेतृत्व चयन

  • नागरिक रैबार
सुदूरपश्चिमका ४८७ वडामा कांग्रेसको नयाँ नेतृत्व चयन

धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको छ । कैलाली, बाजुरा र डडेल्धुरा बाहेकका जिल्लामा कांग्रेसले अधिवेशन सम्पन्न गर्दै चार सय ८७ वडामा नयाँ नेतृत्व चयन गरेको छ ।

दार्चुलाका ६१ वडा, बैतडीका ८४ वडा, डोटीका ६५ वडा, अछामका ९१ वडा, बझाङका ९४ वडा र कञ्चनपुरका ९२ वडामा अधिवेशन सकिएको कांग्रेसले जनाएको छ । अधिकांश वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको बताउँदै केही स्थानमा भने मतदान गर्नुपरेको सम्बन्धित जिल्लाले जनाएका छन् ।

 

विज्ञापन

तर कैलाली र बाजुरामा क्रियाशील सदस्यको नामावली नै प्रकाशन नभएपछि अधिवेशन अनिश्चित बनेको छ भने कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जिल्ला सभापति कर्णबहादुर मल्लको बहिष्कारका बीच शुक्रबार वडा अधिवेशन हुँदैछ ।

सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलाली ९ जिल्लामध्ये सबैभन्दा ठूलो हो । १३ वटा स्थानीय तह रहेको कैलालीमा एक सय २६ वडा रहेका छन् । ९ वटा स्थानीय तहका ६९ वडा रहेको बाजुरामा समेत क्रियाशील सदस्यताको टुङ्गो नलाग्दा वडा अधिवेशन हुन सकेको छैन । जिल्ला सभापति कविराज पण्डितले एक÷दुई दिनमा क्रियाशील सदस्यहरुको नामावली प्रकाशन हुने सूचना प्राप्त भएको बताउँदै त्यसपछि वडा अधिवेशनको मिति तय गरिने जानकारी दिए ।

पार्टी गुटको अधिवेशन हामी मान्दैनौं : जिल्ला सभापति मल्ल

नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले जिल्ला कमिटीले स्थगित गरेको अधिवेशन जबर्जस्ती एउटा गुटको सहभागितामा गराइएको भन्दै स्वीकार नगर्ने बताएका छन् । ‘मतदाता नामावदी विवादका कारण जिल्ला कमिटीले वडा अधिवेशन स्थगित गरेको छ,’ मल्लले अनलाइनखबरसँग भने, ‘निर्वाचन समितिले एकतर्फी ढंगबाट एउटा गुटको सहभागितामा अधिवेशनका प्रक्रिया अगाडि बढाएको छ । एउटा गुटको सहभागितामा गरिएको पार्टीको अधिवेशन हामी मान्दैनौं ।’

उनले धेरै ठाउँमा वडा सभापतिले समेत सूचना जारी गरेर अधिवेशन स्थगित गरेको बताउँदै बहुसंख्यक सदस्यले समेत अस्वीकार गरेको जनाए । प्रहरी परिचालन गरेर गरिएको अधिवेशन कुनै पनि हालतमा स्वीकार गर्न नसकिने तर्क उनको छ ।

गत भदौ २२ गते जिल्ला सभापति मल्लले सूचना जारी गर्दै अधिवेशन गर्न नसकिने परिस्थिति सिर्जना भएको भन्दै स्थगित भएको घोषणा गरेका थिए । तर निर्वाचन अधिकृत लोकेन्द्र बमले भने अधिवेशनका कार्यक्रम अगाडि बढाउने निर्णय गरेका थिए । सभापति मल्ल वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार