होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बजेटसम्बन्धी तीन विधेयक पारित
समाचार

बजेटसम्बन्धी तीन विधेयक पारित

  • नागरिक रैबार
बजेटसम्बन्धी तीन विधेयक पारित

प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीन विधेयकमाथि छलफल शुरू भएको छ । यसमध्ये आर्थिक अध्यादेश, २०७८ बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका छन् ।

प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले गरिरहेको अवरोधबीच सभामुख सापकोटाले प्रेम सुवाललाई आर्थिक अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस् भन्ने प्रस्ताव राख्न दिएका थिए ।

सुवालपछि अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आर्थिक अध्यादेश, २०७८ लाई स्वीकार गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् ।

विज्ञापन

अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश विस्थापित गर्न वर्तमान सरकारले आर्थिक प्रतिस्थापन विधेयक ल्याउन लागेको हो ।

आज संसदमा आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश स्वीकृत गर्न प्रस्ताव पेश हुँदैछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार