होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओलीको दिन सकियो, राप्रपासँग एकता गर्छन् : माधव नेपाल
समाचार

ओलीको दिन सकियो, राप्रपासँग एकता गर्छन् : माधव नेपाल

  • नागरिक रैबार
ओलीको दिन सकियो, राप्रपासँग एकता गर्छन् : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले पार्टी केपी ओलीको निजी कम्पनी भएको बताएका छन् । अध्यक्ष नेपालले एमालेभित्र रहेका नेताहरुको हविगत निल्नु न ओकल्नुको अवस्थामा पुगेको बताउँदै अबका दिनमा ओलीले राप्रपा, एमाले र लोकतान्त्रिक समाजवादीसँग एक गर्नेसमेत दाबी गरे ।

सोमवार सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।

ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको टिप्पणी समेत गरे । एमाले भित्र पार्टीको झण्डा बाँदरले बोक्नु पर्ने दिन आउने बताउँदै अध्यक्ष नेपालले अब ओली एण्ड कम्पनीको दिन सकिएको समेत बताए ।
उनले पार्टीको झण्डा उठाउन मजदुर किसान नचाहिने भएकाले गैंडालाई थमाइएको समेत बताए । अध्यक्ष नेपालले एमाले भन्दा आफ्नो पार्टी देशभर मजबुत बन्दै गएकोसमेत दाबी गरे । उनले गठबन्धनको सरकारमा सहभागि दलकाअघि ओलीको केही नलाग्ने ठोकुवा समेत गरे ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार