होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • भागीरथी हत्या प्रकरणः घटनास्थलको अध्ययन गर्न डिआइजी आफै फिल्डमा
स्वास्थ्य-जीवनशैली

भागीरथी हत्या प्रकरणः घटनास्थलको अध्ययन गर्न डिआइजी आफै फिल्डमा

  • नागरिक रैबार
भागीरथी हत्या प्रकरणः घटनास्थलको अध्ययन गर्न डिआइजी आफै फिल्डमा

काठमाडौँ । बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या भएको स्थानको अध्ययन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तमकुमार सुवेदी घटनास्थलतर्फ गएका छन् । प्रहरी स्रोतका अनुसार भागीरथीको हत्या अढाइ वर्षअघि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको झल्को दिने घटना भएकाले त्यसलाई गम्भीरतापूर्वक लिएर घटनास्थलको अध्ययन गरिएको छ ।

घटनास्थलमा प्रमाणहरुको गहिरो अध्ययन नहुँदा निर्मलाको हत्यारा पत्ता नलागेकोले यो घटनामा घटनास्थलबाट प्रमाण नहराउन् भन्ने उद्देश्यले थप अध्ययन र अनुसन्धानका लागि डिआईजी आफै घटनास्थलतर्फ लागेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्त इन्सपेक्टर जनक धामीले बताए ।

यसअघि पनि घटनास्थल अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका बरिष्ठ उपरिक्षक जनक पाण्डे नेतृत्वको अनुसन्धान टोली घटनास्थल पुगेको छ ।

विज्ञापन

यस्तै, घटना अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन गरिएको छ ।

भागीरथीको शव शनिबार जिल्ला अस्पताल बैतडीमा पोस्टमार्टम गरिएको छ। पोस्टमार्टम गर्दा ती किशोरीको बलात्कारपछि हत्या गरिएको पाइएको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

भागीरथीको शव पोष्टमार्टम अघि नै शुक्रबार भेजाइनल स्वाब संकलन गरिएको चिकित्कहरुले बताएका छन् । यसैगरी अन्य प्रमाणहरू पनि संकलन गरिएको प्रहरीको भनाइ छ।

बुधबार सनातन धर्म उच्चमाविमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीय भागरथी स्कुलबाट फर्कने क्रममा हराएकी थिइन् । बिहीबार उनी पढ्ने विद्यालयबाट करिब ३ किलोमिटरको दूरीमा उनको शव भेटिएको थियो ।

उनको हत्यामा संलग्न आरोपीहरु अहिलेसम्म पक्राउ परेका छैनन् । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता इन्सपेक्टर जनक धानीले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै