होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • म पार्टीको महासचिव भएर पुन: भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको छ : पोखरेल
राजनीति

म पार्टीको महासचिव भएर पुन: भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको छ : पोखरेल

'साढे चार लाख कोभिड काेषमा, ६ लाख पार्टी कोषमा बुझाएँ'

  • नागरिक रैबार
म पार्टीको महासचिव भएर पुन: भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको छ : पोखरेल

पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले अब पार्टीको काममा सक्रिय हुने बताएका छन् । करिब साढे तीन वर्ष सरकारमा रहेका पोखरेल हालै मन्त्रिपरिषद् पुनर्गठन हुँदा बाहिरिएका हुन् । अब फेरि पार्टीको महासचिव भएर पुन: भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको बताउँदै यस विषयमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीसित कुराहरू भइरहेको बताएका हुन् ।

सामाजिक सञ्जालमा लेखेका छन्, साथीहरू सबैलाई थाहा छ- म नेकपा ( एमाले) को महाधिवेशनबाट निर्वाचित महासचिव – तर “महान र ऐतिहासिक” भनिएको एमाले- माओवादी केन्द्रबीच सम्पन्न एकतापछि म महासचिवको जिम्मेवारीमा रहिन ! तर २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले- माओवादी पार्टीहरूको पूर्व स्थिति कायम रहन पुगेका कारण म पुन: एमालेको महासचिव रहन पुगेको छु ।

अहिले “सबैतिर छ पार्टी – तर कहीं पनि छैन पार्टी” जस्तो अवस्थालाई बदल्नुपर्ने चुनौती रहेको पोखरेलको जिकिर छ । यसलाई बदल्ने अभियान सञ्चालन गर्ने संस्थाको महासचिव भएर आफूले भूमिका खेल्नुपर्ने उनको ठहर छ । उनले भनेका छन् – दुर्भाग्य नै हो – यतिवेला पार्टीभित्रको एकतामा पनि संकट देखापरेको छ । यसबाट पार्टीलाई जोगाउनुपर्ने आवश्यकता छ । चुनौतीहरू थुप्रै किसिमका छन् । राष्ट्रिय राजनीतिमा अस्थिरताका झन्झावातका आशंकाले मानिसहरूमा त्रास सृजना गराउन खोजिँदैछ । आर्थिक विकास र सम्बृद्धिको अभियानलाई कमजोर पार्ने , राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको विषयलाई कमजोर बनाउने, मुलुकलाई अराजकता र अस्तव्यस्ततातर्फ धकेल्ने, सामाजिक सद्‌भावलाई बिथोल्ने आदि दुस्प्रयत्नहरू हुँदैछन् र ती प्रवृत्तिलाई प्रश्रय दिन भित्र/बाहिरबाट प्रयत्न भइरहेको कुरालाई बुझ्न सकिन्छ । उनले पार्टीका सबै नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक मित्रहरूलाई गोलबन्द अपिल पनि गरेका छन् ।

विज्ञापन

पोखरेलले ३ वर्ष ३ महिना ७ दिन ओलीको नेतृत्वमा सरकारमा रहेको बताउँदै त्यसक्रममा सरकारको औपचारिक निर्णय अनुसार सात महिनाको पारिश्रमिक ४,५६, ४००।- कोभिड कोषमा बुझाएको र पार्टीको कोषमा ६,०५,०००।- बुझाएको पनि जानकारी दिएका छन् । मन्त्री हुँदा प्राप्त सबै सेवा सुविधाहरू सम्वन्धित ठाउँमा आइतवार (२३ गते जेठमा) बुझाउनुका साथै पुल्चोकस्थित मन्त्री क्वार्टर २२ गते शनिवार नै खाली गरिसकेको पनि बताएका छन् ।

यस्ताे छ पाेखरेलको भनाइ

सबैप्रति हार्दिक आभार !

————– —–

म २०७४ फागुन १४ गतेदेखि २०७७ असोज २८ गतेसम्म (२ वर्ष ७ महिना १४ दिन ) नेपाल सरकारको रक्षा मन्त्री र तत्पश्चात २०७८ जेठ २१ गतेसम्म (७ महिना २३ दिन ) प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने जिम्मेवारीमा रहें । शुरूमा अर्थात् २०७४ फागुन १४ गतेदेखि २०७५ जेठ १७ गतेसम्म रक्षा मन्त्रीको रूपमा र त्यसपछि उपप्रधानमन्त्रीको हैसियतले रक्षा मन्त्रीका रूपमा जम्मा ३ वर्ष ३ महिना ७ दिन म सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारमा रहें । यस अवधिलाई मैले मेरो राजनीतिक र सामाजिक जीवनको महत्वपूर्ण समयावधिका रूपमा लिएको छु । यस अवधिमा मलाई आफ्नो जिम्मेवारी पुरा गर्न सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले मार्गदर्शन गरिरहनु भयो । मन्त्री साथीहरूले निरन्तर सहकार्यका लागि सहृदयता प्रदर्शन गरिरहनु भयो । नेपाल सरकारका मुख्य सचिव, नेपाली सेनाका प्रधान सेनापति लगायत सकल दर्जाका साथीहरू, मन्त्रालयका सचिवजीहरू तथा अन्य सम्पूर्ण कर्मचारी साथीहरूले गर्नुभएको सहयोगलाई म कहिल्यै विर्सन सक्तिन । मलाई समर्थन गर्नुहुने/ माया गर्नुहुने आम जनता खासगरी निर्वाचन क्षेत्रका मतदाताहरूले सद्भाव र समर्थन जनाइरहनु भयो । उहाँहरूले गर्नुभएको सहयोग र सद्भावलाई म कहिल्यै विर्सने छैन । उहाँहरू सबैप्रति म कृतकृतज्ञ छु ।

यसबीच सरकारमा रहेकाबेला मबाट र मेरो नेतृत्वमा भएका सबै कामहरू सम्वन्धित ठाउँमा औपचारिक अभिलेखहरूमा सुरक्षित रहेका छन् । तिनले आजमात्र नभएर आवश्यक पर्दा पछि पछिसम्म पनि सबैलाई यथार्थ बताइरहने कुरामा मैले विश्वास लिएको छु । यसबीच कोभिड संक्रमणको महामारीका समयमा मैले “उच्चस्तरीय समन्वय समिति” र “कोभिड १९ संकट व्यवस्थापन केन्द्र” मा संयोजकका हिसावले भूमिका खेल्ने काम गरें । त्यसबेलाको जटिलतासित गाँसिएर उठेका/ उठाइएका कुराहरूलाई म कहिल्यै बिर्सन सक्तिन । यसबीच मैले कोभिड संक्रमितहरूको उपचारका लागि सरकारको औपचारिक निर्णय अनुसार सात महिनाको पारिश्रमिक ४,५६, ४००।- कोभिड कोषमा बुझाएको छु । सुविधा प्राप्त गरेवापत राज्यलाई बुझाउनु पर्ने सबै किसिमका दायित्वहरू पुरा गरेको छु । मन्त्री हुँदा प्राप्त सबै सेवा सुविधाहरू सम्वन्धित ठाउँमा आइतवार (२३ गते जेठमा) बुझाइसकेको छु । यस अवधिमा मैले मेरो प्रिय पार्टीको कोषमा ६,०५,०००।- बुझाएको छु । पुल्चोकस्थित मन्त्री क्वार्टर २२ गते शनिवार नै खाली गरिसकेको छु ।

साथीहरू सबैलाई थाहा छ- म नेकपा ( एमाले) को महाधिवेशनबाट निर्वाचित महासचिव – तर “महान र ऐतिहासिक” भनिएको एमाले- माओवादी केन्द्रबीच सम्पन्न एकतापछि म महासचिवको जिम्मेवारीमा रहिन ! तर २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले- माओवादी पार्टीहरूको पूर्व स्थिति कायम रहन पुगेका कारण म पुन: एमालेको महासचिव रहन पुगेको छु । यो अवस्थामा मैले बुझेको छु – म पार्टीको महासचिव भएर पुन: भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको छ । पार्टीका आदरणीय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसित यस सम्वन्धमा कुराहरू भएका छन् । उहाँले मलाई परिस्थितिको गम्भीरता बारे बताउँदै आउनुभएको पनि छ र मैले उहाँको अन्तरआशयलाई राम्ररी बुझ्ने प्रयत्न पनि गर्दै आएको छु।

अहिले कतिपयले भन्ने गरेजस्तो “सबैतिर छ पार्टी – तर कहिं पनि छैन पार्टी” जस्तो अवस्थालाई बदल्नुपर्ने चुनौती छ । र, यो बदल्ने अभियान संचालन गर्ने संस्थाको महासचिव भएर मैले भूमिका खेल्नुपर्ने छ । दुर्भाग्य नै हो – यतिवेला पार्टीभित्रको एकतामा पनि संकट देखापरेको छ । यसबाट पार्टीलाई जोगाउनुपर्ने आवश्यकता छ । चुनौतीहरू थुप्रै किसिमका छन् । राष्ट्रिय राजनीतिमा अस्थिरताका झन्झावातका आशंकाले मानिसहरूमा त्रास सृजना गराउन खोजिदैछ । आर्थिक विकास र सम्वृद्धिको अभियानलाई कमजोर पार्ने , राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको विषयलाई कमजोर बनाउने, मुलुकलाई अराकता र अस्तव्यस्ततातर्फ धकेल्ने, सामाजिक सद्भावलाई विथोल्ने आदि दुस्प्रयत्नहरू हुँदैछन् र ती प्रवृत्तिलाई प्रश्रय दिन भित्र/बाहिरबाट प्रयत्न भइरहेको कुरालाई बुझ्न सकिन्छ । यस्तोबेलामा सिंगो राष्ट्रले/आम नेपाली जनताले नेकपा (एमाले)प्रति – सुदृढ र जनआधारित नेकपा (एमाले)प्रति आशा गरेको कुरालाई बुझ्न सकिन्छ । यो आवश्यकतालाई पुरा गर्ने चुनौतीपूर्ण उद्देश्यद्वारा निर्देशित हुनुपर्ने छ । यसका लागि पार्टीका सबै नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक मित्रहरूलाई गोलवन्द हुन हार्दिक अनुरोध गर्दछु ।

– ईश्वर पोखरेल

२०७८ जेठ २३

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार