होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • संसद् अवरुद्ध गर्ने आफ्नै पार्टीको निर्णयविरुद्ध भीम रावल
समाचार

संसद् अवरुद्ध गर्ने आफ्नै पार्टीको निर्णयविरुद्ध भीम रावल

  • नागरिक रैबार
संसद् अवरुद्ध गर्ने आफ्नै पार्टीको निर्णयविरुद्ध भीम रावल

नेकपा एमालेका नेता भीम रावलले आफ्नै पार्टीेले गरेको संसद् अवरुद्ध गर्ने निर्णयको विरोध गरेका छन्।हालै सम्पन्न दसौं महाधिवेशनमा एमालेको अध्यक्ष पदमा पराजित रावलले आइतबार साँझ सामाजिक सञ्जालमार्फत घुमाउरो तरिकाले संसद् अवरुद्ध गर्नु ठीक नभएको बताएका हुन्।

माधव नेपाललगायत तत्कालीन १४ जना एमाले सांसदलाई पार्टीले कारबाही गरेको पत्र पठाउँदा पनि सभामुख अग्नि सापकोटाले उनीहरूलाई सांसद पदबाट बर्खास्त नगरेको भन्दै निरन्तर प्रतिनिधि सभा बैठकमा अवराेध गरिरहेकाे एमालेले आफ्नो महाधिवेशनपछि पनि यसलाई निरन्तरता दिने बताएको छ।

यसै सन्दर्भमा एमालेकै एक नेता भीम रावलले भने असहमति व्यक्त गरेका हुन्। संसद् देश र जनताका पक्षमा बहस गर्ने र आवाज उठाउने थलो भएको उल्लेख गरेर उनले त्यसमा अवरोध गर्नु उचित नहुने संकेत गरेका छन्।

विज्ञापन

‘संसद् देश र जनताको पक्षमा बहस गर्ने र आवाज उठाउने थलो हो। सरकारका सबै काम/कारबाही हुन दिई संसद अवरुद्ध गरेको भन्नुको औचित्य छैन’, रावलले आइतबार साँझ सामाजिक सञ्जालमा लखेका छन्, ‘कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्न सक्नुपर्यो, नभए त्यसबारे जनताको आवाज उठाउन पाउनुपर्यो। अन्यथा म कुटेजस्तो गर्छु तँ रोएजस्तो गर भनेझैं ठहर्छ।’नेपालखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार