होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • घाइते साङ्लो बोकेर पशु अस्पताल पुगेपछि…
विचित्र संसार

घाइते साङ्लो बोकेर पशु अस्पताल पुगेपछि…

  • नागरिक रैबार
घाइते साङ्लो बोकेर पशु अस्पताल पुगेपछि…

कतिपय मानिस कस्तो अचम्ममा हुँदा रहेछन् ? थाइल्याण्डमा एकजना मानिसले घाइते भएको साङ्लोलाई बोकेर उपचारका लागि पशु अस्पताल पुगे ।

सडकमा पेटीमा हिँडिरहेको एकजना बटुवाले कुल्चिएपछि उक्त साङ्लो घाइते भएको रहेछ । त्यही घाइते साङ्लोलाई टिपेर उनी उपचारका लागि भन्दै क्राथुम बाएनस्थित साइ राक पशु अस्पताल पुगे एकजना मानिस ।

गत हप्ता उक्त अनौठो घटना भएको छ । उपचार गर्न भन्दै घाइते साङ्लो बोकेर एकजना मानिस अस्पताल आएपछि त्यहाँका पशु चिकित्सक डाक्टर थानु लिम्पापाटनावानिच अचम्ममा परे ।

विज्ञापन

उनले फेसबुकमा लेखेका छन् – हिजो राति निकै आपतकालीन घटना भयो । एकजना बटुवा सडक किनारामा हिँडिरहेको बेला खुट्टाले साङ्लोलाई कुल्चिएछन् । त्यहीँ हिँडिरहेको एकजना मनकारी मान्छेले देखे । त्यसपछि उनी तत्कालै उक्त घाइते साङ्लो बोकेर उपचारका लागि पशु अस्पतालको आकस्मिक कक्षमा ल्याए ।

उनी भन्छन् – यो घटना कुनै मजाक होइन । यसले सबै जीवप्रतिको दया तथा लगावलाई दर्शाउँछ । सबैको जीवन अमूल्य छ । संसारमा यस्तै मानिसहरु धेरैभन्दा धेरै होउन् । दयाले संसारलाई सहयोग गर्दछ ।उपचारका लागि ल्याइएको साङ्लोको निःशुल्क उपचार गरिएको र उपचारपछि सोही मानिसलाई नै साङ्लो जिम्मा लगाएको उनी बताउँछन् ।

उपचारपछि उक्त साङ्लो बाँच्यो कि बाँचेन भन्नेचाहिँ खुलेको छैन । यस विषयमा इन्टरनेटमा धेरै मानिसहरुले ती मानिसको प्रसंसा गरेका छन् ।

एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार