होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • म्युजिक भिडियोमा साम्राज्ञीको पारिश्रमिक ५ लाख
मनोरञ्जन

म्युजिक भिडियोमा साम्राज्ञीको पारिश्रमिक ५ लाख

  • नागरिक रैबार
म्युजिक भिडियोमा साम्राज्ञीको पारिश्रमिक ५ लाख

नेपाली चलचित्रकी हट केक नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । चलचित्रमा काम गरेको १६ लाखसम्म पारिश्रमिक वुझेकी साम्राज्ञीले म्युजिक भिडियोमा काम गर्न खासै रुची देखाइनन् ।

तर, उनले निषेधाज्ञापछि भने ट्रि इन्टरटेन्मेन्टले निर्माण गरेको एक भिडियोमा काम गरिन् । उनले अभिनय गरेको भिडियो असोज २० गते काठमाडौंमा एक भव्य कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गर्ने तयारी गरिएको छ । भिडियोेलाई माइकल चन्दले निर्देशन गरेका हुन् ।

योे म्युजिक भिडियोका लागि साम्राज्ञीले निक्कै महंगो पारिश्रमिक वुझेकी छिन् । श्रोतका अनुसार, साम्राज्ञीले ४ लाख हारहारीको पारिश्रमिक वुझेकी छिन् । यस्तै, साम्राज्ञीले आफूलाई अफर आउने भिडियोमा गीत राम्रो हुनुपर्ने र ४ देखि ५ लाख पारिश्रमिक दिनुपर्ने बताउन थालेकी छिन् ।

विज्ञापन

पारिश्रमिक चित्तवुझ्दो र गीत राम्रो आएको खण्डमा मात्र काम गर्ने सोचमा साम्राज्ञी रहेकी छिन् । चलचित्रमा समेत निक्कै माग भएकी साम्राज्ञीको माग भिडियोमा पनि बढेको छ । तर, साम्राज्ञीलाई यति महंगो पारिश्रमिक दिएर काम गराउन कति निर्माता तयार होलान् ?

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार