होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • ओलीको पालामा भएका नियुक्ति र सरुवामाथि देउवाको तारो
राजनीति

ओलीको पालामा भएका नियुक्ति र सरुवामाथि देउवाको तारो

  • नागरिक रैबार
ओलीको पालामा भएका नियुक्ति र सरुवामाथि देउवाको तारो

काठमाडौं, २० साउन । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका नियुक्ति र सरुवामाथि प्रधानमन्त्री शेरबहादुर देउवाको तारो परेको छ । उनले धमाधम नियुक्ति खारेजी र बदर गर्न थालेका छन् । ओलीको कार्यकालमा आकर्षक ठाउँमा सरुवा भएकालाई अन्यत्र सरुवा गर्न थालेका छन् ।

देवी ज्ञवाली अध्यक्ष रहेको भूमिसम्मबन्धी आयोग नै खारेज गरिएको छ । शिक्षक सेवा आयोगमा नियुक्ति गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणमा प्रमुख कार्यकारी निर्देशक बनाइएका हितेन्द्र देव शाक्यलाई हटाउने प्रक्रिया बढाइएको छ । उनी ओलीको चाहना अनुसार बनाइएका थिए। शाक्यलाई स्पष्टिकरण सोधिएको र प्रक्रिया मिलाएर हटाउने तयारी भएको छ ।

विज्ञापन

अर्थ मन्त्रालयका सचिव सरुवा गरिएका छन् । अब शक्तिशाली मन्त्रालयका सचिवहरु धमाधम सरुवा गरिने भएका छन् ।

विद्युत विभागका महानिर्देशक नविन सिंह जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरिएका छन् । उनको ठाउँमा सन्दीपकुमार देव लगिएका छन् । मधुकर राजभण्डारीलाई सिचाईं विभागको महानिर्देशकबाट सरुवा गरी सुशील आचार्यलाई ल्याइएको छ ।

नेपाल प्रहरीमा एआइजीमा बढुवा भएका सहकुल थापाले जिम्मेवारी पाएका छैनन् । उनी ओलीको कार्यकालमा बढुवा भएका थिए ।

संवैधानिक निकायमा भएका नियुक्तिहरु अदालती प्रक्रियाबाट खारेज गर्ने प्रयासमा सरकार रहेको देखिन्छ । अदालतमा विचाराधीन रहेको र सरकारले पनि खारेज गर्न नसक्ने विषय भएकाले मात्र रोकिएको हो । ओली प्रधानमन्त्री हुँदा अध्यादेशमार्फत् संवैधानिक निकायमा नियुक्तिको निर्णय गराएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार