होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र २६, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘महाभारत’बाट पछि हटे आमिर खान
मनोरञ्जन

‘महाभारत’बाट पछि हटे आमिर खान

  • नागरिक रैबार
‘महाभारत’बाट पछि हटे आमिर खान

मुम्बई– बलिउड अभिनेता आमिर खानले ‘महाभारत’मा आधारित रहेर ठूलो बजेटको फिल्म बनाउने चर्चा झन्डै ६ वर्षदेखि चलिरहेको छ । गत वर्ष यो फिल्म ठूलो पर्दाका लागि नभई ओटीटी प्लेटफर्मका लागि बनाइन लागिएको खबर आएको थियो ।

तर अहिले भने आमिरले यो फिल्म बनाउने सोच तत्कालका लागि त्यागेका छन् । यसको पछाडि विभिन्न कारण मानिएको छ । आमिरले महाकाव्यमा आधारित फिल्म बनाउनका लागि अहिले उपयुक्त समय नभएको जनाएका छन् ।

दैनिक भास्करमा प्रकाशित समाचारअनुसार आमिरले सबै अवस्थाको अध्ययन गर्दै यो निर्णय लिएका हुन् । ‘महाभारतलाई ५ वर्षको समय दिनुको अर्थ आमिरले तीन फिचर फिल्म गुमाउनु हो । त्यहीकारण ‘महाभारत’बाट उनी पछि हटेका छन्’, समाचारमा भनिएको छ ।

विज्ञापन

आमिरको यो प्रोजेक्टबारे विभिन्न विवाद आएको छ । कट्टरपन्थी संगठनहरुको विरोधका बाबजुद पनि आमिरले फिल्म बनाउनु आफैंमा चुनौतिपूर्ण हुने चर्चा बलिउडमा छ ।आमिर हाल आफ्नो फिल्म ‘लाल सिंह चड्डा’लाई पुरा गर्नमै व्यस्त छन् । अद्वैत चन्दनको निर्देशनमा बनिरहेको फिल्ममा करीना कपूर प्रमुख भूमिकामा छिन् । फिल्म ‘लाल सिंह चड्डा’ सन् १९९४ मा रिलिज सुपरहिट हलिउड फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै