होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र ६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आफैले आफैलाई प्रधानमन्त्री घोषित गरे म्यानमारका सेना प्रमुखले
समाचार

आफैले आफैलाई प्रधानमन्त्री घोषित गरे म्यानमारका सेना प्रमुखले

२ वर्ष संकटकाल थप्ने तयारी

  • नागरिक रैबार
आफैले आफैलाई प्रधानमन्त्री घोषित गरे म्यानमारका सेना प्रमुखले

काठमाडौँ — ‘कु’ मार्फत देशको सत्ता हत्याएका म्यानमारका सेना प्रमुख मिन आङ ह्लाइङले आफूलाई प्रधानमन्त्री घोषित गरेका छन् ।

म्यानमारका सेना प्रमुख मिन आङ ह्लाइङ । फाइल तस्बिर : रोयटर्स

यसै वर्षको फेब्रुअरीमा राष्ट्रपति विन मिन्ट, नेसनल लिग फर डेमोक्रेसी(एनएलडी) की नेतृ आङ सान सुकीलगायतलाई गिरफ्तार गर्दै सत्ता हातमा लिँदै म्यानमार सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको थियो । सेना प्रमुख ह्लाइङले म्यानमारमा २ वर्ष संकटकाल थप्ने संकेत पनि गरेका छन् । सन् २०२३ को अगस्टसम्म संकटकाल थप्ने म्यानमार सेनाको योजना रहेको बुझिएको छ ।

विज्ञापन

आइतबार सरकारी टेलिभिजनमार्फत करिब एक घण्टा सम्बोधन गरेका सेना प्रमुख ह्लाइङलले ‘स्वतन्त्र तथा निष्पक्ष बहुदलीय चुनाव’ गराउने ‘वाचा’ पनि गरेका छन् । उनले जनताबाट चुनिएर आएका एनएलडीका नेताहरूलाई ‘आतंकवादी’ को संज्ञा दिएका छन् । साथै एनएलडी समर्थकलाई उनले ‘उग्रवादी’ बताएका छन् । गत फेब्रुअरी १ गिरफ्तार गरिएकी नेतृ सुकीमाथि सेनाले विभिन्न मुद्दा चलाएको छ ।

फाइल तस्बिर : रोयटर्स

सेनाको कुविरुद्ध भएको प्रदर्शनमा सयौं प्रदर्शनकारीको मृत्यु पनि भएको थियो । विश्वभरबाट म्यानमारमा प्रजातन्त्र बहालीका लागि आग्रह गरिए पनि सेनाले मानेको छैन । पछिल्लो समय म्यानमा कोरोना संक्रमण पनि बढिरहेको छ । सेना प्रमुख ह्लाइङले विरोधीहरूले ‘जानीजानी कोरोना फैलाएको’ आरोपसमेत लगाउन भ्याए ।

उनी ‘कु’पछि गठन गरिएको संयन्त्र राज्य प्रशासन परिषद्(एसएसी) का अध्यक्षसमेत हुन् । अब कामचलाउ सरकार गठन भएपछि त्यो संयन्त्र नरहने बताइएको छ । राज्य प्रशासनलाई चुस्त बनाउन कामचलाउ सरकार गठन गरिएको सेनाले दाबी गरेको छ । सेना प्रमुख ह्लाइङले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन ‘आसियान’ ले तोकेका कुनै विशेष दूतसँग काम गर्न तयार रहेको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार