होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • सुरक्षा मापदण्ड अपनाएर हल खोल्न दिने प्रशासनको निर्णय
मनोरञ्जन

सुरक्षा मापदण्ड अपनाएर हल खोल्न दिने प्रशासनको निर्णय

  • नागरिक रैबार
सुरक्षा मापदण्ड अपनाएर हल खोल्न दिने प्रशासनको निर्णय

वैशाखको पहिलो साताबाट बन्द रहेका काठमाडौं उपत्यकाका सिनेमा हलहरु भोलीबाट संचालन गर्न दिने निर्णय जिल्ला प्रशासन कार्यलयले गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले चलचित्र घरहरु संचालन गर्न दिने निर्णय गरेको हो ।

सुरक्षा मापदण्ड अपनाएर चलचित्र भवनहरु खोल्ने दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार, हलहरुले सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्नेछ ।

दोश्रो चरणको कोरोना महामारी फैलिएसँग वैशाखको पहिलो साताबाट हलहरु बन्द भएका थिए । साढे ४ महिनापछि हलहरु संचालनमा आउन लागेका हुन् । प्रशासनले हल खोल्न अनुमती दिएपनि कुनै पनि निर्माताले प्रदर्शन मिति तय नगरेकाले केही समय चलचित्र भवनहरुमा चलचित्रको अभाव भने रहनेछ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार