होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • नेपालमा निःसन्तानको समस्या बढ्दो छ –डा. मीरा थापा
स्वास्थ्य-जीवनशैली

नेपालमा निःसन्तानको समस्या बढ्दो छ –डा. मीरा थापा

नेपालमा निःसन्तान सम्बन्धी समस्या र टेस्ट ट्युब बेबीको सम्भावना

  • नागरिक रैबार
नेपालमा निःसन्तानको समस्या बढ्दो छ –डा. मीरा थापा

निःसन्तानको समस्या अहिलेको जल्दोबल्दो समस्या हो । समयमा पौष्टिक आहार नखाने, जीवनशैलीमा ध्यान नदिने जस्ता कारणले गर्दा हिजोआज धेरैमा निःसन्तान सम्बन्धी समस्या देखिने गर्छ । पछिल्लो समय बढेको बुढेशकालमा विवाह गर्ने प्रचलनले पनि निःसन्तान बढाउने गरेको चिकित्सकहरु बताउँछन् । विश्वको तथ्यांकलाई हेर्ने हो भने महिला र पुरुषमा देखिने निःसन्तान सम्बन्धी समस्या १५ प्रतिशतसम्म देखिन्छ । यो नेपालमा झनै धेरै छ । यही प्रसंगमा निःसन्तान सम्बन्धी समस्या र त्यसको समाधानको विषयमा विशेषज्ञ डा. मीरा थापासँग गरिएको कुराकानी :

किन हुन्छ निःसन्तान ?

कुनैपनि प्रजनन् योग्य उमेरमा सन्तानोत्पादनका लागि नियमित शारीरिक सम्पर्क राख्दा पनि विभिन्न कारणले गर्भधारण हुन नसक्नुलाई निःसन्तान सम्बन्धी समस्या भनिन्छ । चिकित्सकहरुका अनुसार सन्तान हुने÷नहुने विषय विवाहित दम्पतिको पेसा, जीवनशैली, स्वभाव, पारिवारिक वातारण आदिमा भर पर्छ ।

विज्ञापन

निःसन्तानको समस्या भोगेकाहरुबाट बच्चा नै हुँदैन र भइहाले पनि तुहिने, बिग्रिने जस्ता समस्याहरु निम्तिन्छन् । निःसन्तानको समस्या डिम्बवाहिनी नली बन्द हुनु, पुरुषको वीर्य उत्पादन क्षमता कम हुनु, डिम्ब उत्पादन गर्ने हर्माेनको मात्रामा कमी आउनु जस्ता कारणले निम्तिन्छ । निःसन्तान सम्बन्धी समस्या पुरुषको कारणले, महिलाको कारणले र दुवैको कारणले पनि हुने गर्छ ।

कस्तो छ नेपालमा निःसन्तान सम्बन्धी अवस्था ?

नेपालमा अहिले निःसन्तानको समस्या बढ्दो मात्रामा छ । नेपालमा अहिले महिला र पुरुष दुवैमा निःसन्तानको समस्या हुने दर २० प्रतिशत पुगेको छ । जबकि विश्वभरका कुल प्रजनन् योग्य जनसंख्याको १५ प्रतिशतमा निःसन्तान सम्बन्धी समस्या देखिन्छ ।

अहिले खानपानमा आएको परिवर्तन लगायतका कारणले गर्दा नेपालमा निःसन्तानको समस्या देखिने गर्छ । खाडी मुुलुकमा काम गर्न जाने युवाहरुमा पनि यस्तो समस्या धेरै देखिन्छ । यसबाहेक पनि ढिला विवाह हुनु, करियर ओरिएन्टेड हुनु जस्ता कारणले पनि निः सन्तान गराउने सम्भावना धेरै हुन्छ ।

यसबाहेक पनि नेपालमा तरकारीमा हुने बढी रासायनिक मलको प्रयोग आदि कारणले पनि समस्या सिर्जना गराउँछ ।

अहिले नेपालमा ४० प्रतिशत महिला एवं उति नै पुरुषमा समेत बाँझोपनाको समस्या सिर्जना हुन्छ ।

निःसन्तान सम्बन्धी समस्या निको हुन्छ कि हुन्न ?

निःसन्तानको समस्या निको हुने समस्या हो । तर यो कुन स्तरमा छ ? भन्ने आधारमा यो तय हुन्छ । सामान्य अवस्थाको निःसन्तान सम्बन्धी समस्या छ भने त्यस्तो अवस्थामा काउन्सिलिङबाट पनि यसको समाधान खोज्न सकिन्छ । जटिल खालको निःसन्तान सम्बन्धी समस्यालाई भने वैकल्पिक उपाय अपनाउनुपर्ने हुन्छ ।

जस्तो अण्डा उत्पादनमा कमी आउनु, बढी उमेर, महिलाको अण्डकोश र पुरुषको नलीमा हुने ट्युब ब्लक हुनु जस्ता समस्याले पनि निःसन्तानको समस्या देखिन्छ ।

जस्तो, ४० वर्षपछि औषधि दिएर निःसन्तानको समाधान सम्भव हुँदैन । कतिपय अवस्थामा हर्माेन साइलेन्स अवस्था भएर पनि निःसन्तान सम्बन्धी समस्या सिर्जना हुन्छ ।

नेपालमा टेस्ट ट्युब बेबी कति सफल छ ?

बाबुको शुक्रकिट र आमाको डिम्बलाई आमाको गर्भाशयभन्दा बाहिर प्रजननको लागि तयार पार्ने प्रविधि नै टेस्ट ट्युब बेबी हो । यस्तो प्रक्रियालाई अँग्रेजीमा इन् भिट्रो फर्टिलाइजेसन भनिन्छ । आमाको डिम्ब र बाबुको शुक्रकिटलाई टेस्ट ट्युबमा निकालिने भएकोले यसलाई टेस्ट ट्युब बेबी भनिएको हो ।

यो प्रविधिमा सबै अभ्यास सफल हुन्छ नै भन्ने हुँदन । कतिपय विकसित मुलुकहरुमा टेस्ट ट्युब बेबीको सफलता दर ७० प्रतिशतसम्म छ । तर नेपालमा भने अहिलेको अवस्थामा यसको दर ३५–५० प्रतिशत मात्रै सफलताको दर देखिन्छ । टेस्ट ट्युब बेबी धेरै जोखिमपूर्ण हुँदैन । नेपालमा एउटा टेस्ट ट्युब बेबीको मूल्य ३ लाखदेखि साढे ३ लाख रुपैयाँसम्म लाग्ने गर्छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार