होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • कुवेतमा नेपाली टोलीको प्रशिक्षण
खेलकुद

कुवेतमा नेपाली टोलीको प्रशिक्षण

  • नागरिक रैबार
कुवेतमा नेपाली टोलीको प्रशिक्षण

काठमाडौं । विश्वकप र एसियन कपको संयुक्त छनोट खेल्न कुवेत पुगेको नेपाली फुटबल टोलीले सोमबार प्रशिक्षण गरेको छ । इराकसँग शनिबार मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली आइतबार राति कुवेत पुगेको थियो ।

त्यहा नेपाली टोलीको पीसीआर परीक्षण नेगेटिभ आएपछि सोमबार पहिलो ट्रेनिङ गरिएको हो । त्यसअघि नेपाली टोली जिममा सहभागी भएको थियो । नेपालले काज्मा स्पोर्ट्स क्लबमा प्रशिक्षण गरेको हो ।

सन् २०२२ मा हुने कतार विश्वकप र २०२३ मा हुने चीन एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले कुवेतमा समूह बीको बाँकी ३ खेल खेल्नेछ । नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार