होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बुढीगंगामा एकैदिन ७६ जनामा कोरोना संक्रमण पुष्टि
देश/प्रदेश

बुढीगंगामा एकैदिन ७६ जनामा कोरोना संक्रमण पुष्टि

  • नागरिक रैबार
बुढीगंगामा एकैदिन ७६ जनामा कोरोना संक्रमण पुष्टि

 बाजुराको बुढीगंगा नगरपालिकामा एकैदिन ७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।काठमाडौंको टेकुस्थित प्रयोगशाला र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट आइतबार मात्रै ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

टेकुमा भएको परीक्षणमा ४४ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका मेयर दीपकविक्रम शाहले जानकारी दिए ।टेकुको प्रयोगशालामा नगरपालिकाका वडा नम्बर १ देखि ६ सम्मका २४४ जनाको स्वाब असार ३ गते संकलन गरी पठाइएको थियो । तीमध्ये अझै सबैको रिपोर्ट आइनसकेको मेयर शाहले बताए ।

यस्तै, वडानम्बर ७ देखि १० सम्मका ३३८ जनाको स्वाब पनि गत ३ गते नै जुम्ला पठाएको आइतबार नै ३३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।कोरोना पुष्टि भएका सबै भारतबाट आएर विभिन्न क्वारेन्टिनमा बसेकाहरू हुन् । भारतबाट आएको एक महिना बितिसकेपछि मात्रै उनीहरूको परीक्षण भएको मेयर शाहले बताए ।

विज्ञापन

परीक्षण ढिलो भएकोले क्वारेन्टिनमै संक्रमण फैलिएको हुन सक्ने उनले बताए । नगरपालिकामा अझै ५०० को हाराहारीमा भारतबाट आएका व्यक्तिहरू क्वारेन्टिनमा रहेको मेयर शाहको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार