होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अब लक्षण नदेखिएकाहरुले कोरोना परीक्षण गर्नु नपर्ने
समाचार

अब लक्षण नदेखिएकाहरुले कोरोना परीक्षण गर्नु नपर्ने

  • नागरिक रैबार
अब लक्षण नदेखिएकाहरुले कोरोना परीक्षण गर्नु नपर्ने

यूएस सेन्टर्स फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले यस हप्ता कोरोनाभाइरस परीक्षणको मापदण्डलाई चुपचाप परिवर्तन गरेको छ जसमा कोभिड –१९ को लक्षण नभएकाहरुको परीक्षण गर्नु नपर्ने उल्लेख गरिएको छ । लक्षण नदेखिएका व्यक्तिले कोरोनाभाइरस लागेका व्यक्तिको नजिकको सम्पर्कमा रहेता पनि अब परीक्षण गर्नुपर्ने छैन ।

यद्यपि, विज्ञले यो नयाँ नियममाथि प्रश्न तेर्साएका छन् । संक्रमितको पहिचानमा यसले निकै मद्दत पुर्याउने भन्दै लक्षण नदेखिएकाले थप व्यक्तिमा संक्रमण सार्न सक्ने विज्ञको अनुमान छ ।

‘यो खतराको सूचक हो,’ क्यालिफोर्नियास्थित पालो अल्टोकी संक्रामक रोगकी डाक्टर क्रुतिका कुपालीले भनिन् । ‘कोभिड–१९ को लक्षण देखिएकाहरुलाई मात्रै परीक्षण गरिनु भनेको रोग फैलाउन सबैभन्दा धेरै जिम्मेवार व्यक्तिसम्म पुग्न नचाहनु हो ।’

विज्ञापन

‘मलाई लाग्छ यसले स्थिती थप खराब गर्नेछ ।’

पछिल्लो समयमा धेरैभन्दा धेरै व्यक्तिको कोरोना परीक्षण गर्नुपर्ने माग उठिरहेका बेला सिडिसीको नयाँ नियम निकै अचम्मको भएको साउदर्न क्यालिफोर्नियास्थित केक स्कूल अफ मेडिसिनकी क्लिनिक माइक्रोबायलोजिस्ट सुसन बट्लर–वुले बताएकी छिन् ।

केही हप्ता अघि मात्रै नेशनल इन्स्टिच्युट अफ हेल्थले आउँदो हप्ता र महिनामा धेरैभन्दा धेरैको कोरोना परीक्षण गराउने हेतूले र्यापिड एक्सिलरेसन अफ डायगोनिस्टिक प्रोग्रामको पहिलो चरणको घोषणा गरेको थियो ।

एजेन्सीले आफ्नो वेबसाइटमा यस्तो परीक्षणले लक्षण नदेखिएका कोरोना संक्रमितको पहिचानमा आफ्नो प्राथमिकता रहेको बताएको छ ।

विशेषज्ञका अनुसार परीक्षणमा जति ढिलाई गरिन्छ, त्यसले महत्वपूर्ण उपचारलाई धकेल्नुका साथै समूदायस्तरमा कोरोनाभाइरस व्यापक रुपमा फैलाउन मद्दत गर्छ ।

‘यो अनौठो हो,’ युनिभर्सिटी अफ कोलोराडो बोउल्डरका गणितिज्ञ तथा संक्रामक रोगको नमूना बनाउन ड्यानियल ल्यारेमोरले भने । ‘अहिलेको समयमा नियम परिवर्तन गरेर परीक्षणको दायरा कम गर्नु भनेको हामी गलत दिशामा जाँदै गरेको सूचक हो ।’

यसअघि सिडिसीले कोरोना संक्रमितको नजिकको सम्पर्कमा आएका सबैको (लक्षण नदेखिएकाहरुको पनि) कोरोना परीक्षण हुनुपर्ने बताएको थियो ।

सिडिसीको नयाँ नियम सोमबार प्रकाशित भएको हो । यसअनुसार कोरोना संक्रमितसँग १५ मिनेटसम्म ६ फिटको दुरीमा बसेकाहरुमा यदि कोरोनाको लक्षण देखिएको छैन भने उनीहरुले कोरोना परीक्षण गराउनै पर्छ भन्ने छैन । यद्यपि, अपवादका कोही व्यक्ति अथवा स्वास्थ्यकर्मीले सिफारिस गरेका व्यक्तिले भने परीक्षण गर्नपर्नेछ ।

सिडिसीले आफैं गरेको एक अनुमान अनुसार कोरोनाद्वारा संक्रमित ४० प्रतिशतमा लक्षण नै देखिँदैन । यो तथ्याङ्क सटिक होइन र यसबारे पुष्टि गर्नका लागि स्वस्थ देखिएका व्यक्तिहरुको परीक्षण नगरी सम्भव छैन । एनवाई टाइम्स

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार