होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • Uncategorized
  • बेलायतले हजार जनामा गरेको कोरोना खोप परीक्षण सफल
Uncategorized

बेलायतले हजार जनामा गरेको कोरोना खोप परीक्षण सफल

  • नागरिक रैबार
बेलायतले हजार जनामा गरेको कोरोना खोप परीक्षण सफल

बेलायतस्थित अक्सफर्ड विश्वविद्यालयले विकसित गरेको कोरोना भाइरस विरुद्धको एउटा खोप सुरक्षित र रोग प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने देखिएको छ। एक हजार ७७ जना सहभागी उक्त खोपको परीक्षणका क्रममा सो खोप लगाएकाहरूको शरीरले कोरोना भाइरसविरुद्ध लड्न सक्ने एन्टीबडी र टि-सेलहरू बनाउन सकेको थियो।

यी परिणामहरू एकदमै सकारात्मक छन् तर कोरोना भाइरसको संक्रमणविरुद्ध सुरक्षा प्रदान गर्न यो पर्याप्त छ कि छैन भनेर थाहा पाउन समय अझै पुगेको छैन ।

यूकेले उक्त खोपको १० करोड मात्रा पहिले नै हासिल गर्न माग गरिसकेको छ । त्यसलाई अभूतपूर्व गतिमा विकास गरिएको हो। यो खोप चिम्पान्जीहरूमा रूघाखोकी लाग्नमा जिम्मेवार एक भाइरसलाई आनुवंशिक सुधार गरेर तयार गरिएको हो।

विज्ञापन

उक्त भाइरसलाई यसरी सुधार गरिएको छ कि यस्ले मानिसमा संक्रमण फैलाउन सक्दैन र यसलाई कोरोनाभाइरस जस्तै प्रकृतिको देखिने गरी बनाइएको छ। बीबीसी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार