होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • आस्थाका आधारमा कुनैपनी कर्मचारीले काम नगर्न नेविसंघ उपाध्यक्ष थापाको आग्रह
राजनीति

आस्थाका आधारमा कुनैपनी कर्मचारीले काम नगर्न नेविसंघ उपाध्यक्ष थापाको आग्रह

  • नागरिक रैबार
आस्थाका आधारमा कुनैपनी कर्मचारीले काम नगर्न नेविसंघ उपाध्यक्ष थापाको आग्रह

 रामबहादुर विक/बाजुरा ८ जेठ।  राज्यबाट सेवा लिइरहेका सरकारी कर्मचारीहरुले आस्थाका आधारमा कुनै काम नगर्न नेविसंघ बाजुराका उपाध्यक्ष जनक थापाले आग्रह गरेका छन् ।

उपाअध्यक्ष थापाले राज्यको नुनपानी खाईरहेका व्यतmीहरुले जिल्लामा आस्थाका आधारमा काम गरिरहेको हुँदा आगामी दिनमा यस्तो नर्गन हुन समेत चेतावनी दिनु भएको छ ।

नेविसंघका उपाअध्यक्ष थापाले राजनितिक आस्थाका आधारका काम गर्ने , धम्काउने व्यक्तिलाइ छुट नहुने बताउनु भयो । नेपाल विद्याथी संघ आफु गलत नगर्ने र गलत गर्ने लाई नछोड्ने उपाअध्यक्ष थापाको भनाइ रहेको थियो ।

विज्ञापन

रेडियो पौरखीको पौरखी बहसमा बोल्दै उपाअध्यक्ष थापाले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसले आक्रान्त बनाइरहेका वेला नेपाल विद्यार्थी संघले बाजुराले अतिविपन्न , ज्यालामजदुरी गरिरहेका र पढाईको शिलशिलमा सदरमुकाम मार्तडीमा भाडा तिरेर बसिरहेका विद्यार्थीहरुलाई ३० केजीका दरले राहत विरण समेत गरिसकेको र अझै सहयोग गरिरहने बताएका छन् ।

उनले भने नेविसंघकै नेतृत्वमा दोस्रो चरणमा दिर्घरोगीहरुकालागी निशुल्क वितरण गर्दै आएको बताए । उपाअध्यक्ष थापाले लिपुलेख , लिम्पियाधुरा क्षेत्रलाई भारतले अतिक्रमण गर्न लागीरहेका वेला नेपाली विद्यार्थी संघले बाजुरामा शान्तिपुर्ण विरोध प्रदशन गरेको बताउनु भयो ।

केही दिन अघि मात्रै नेविसंघले ज्ञापनपत्रमा उल्लेख गरिएका बुँधाका आधारमा बोल्दै थापाले नेपाल सरकारको संकुलर अनुशार राष्ट्रिय एजेण्डा र तथा विषम परिस्थितीमा आवाज उठाइरहेका वेला सहयोग गर्नु भन्दा उल्टै नेपाल विद्यार्थी संघलाई अनेरास्ववीयुले आरोप लगाएको बताउनु भयो ।

विद्यार्थी नेता थापाले फरक पसंगमा बोल्दै नेकपाका नेता भरत बुढा जिल्ला भन्दा बाहिर बाट आएर नगरपालिकाको निर्णयलाई अवेज्ञा गरी घरमा बसिरहेको उक्त बहसमा बताउनु भयो । उहाँले नेपाली कांगे्रसका व्यक्तिहरुलाइ यो लकडाउनको समयमा जिल्ला प्रशासन कार्यालय बाजुराले पास नदिएको र नेकपाका व्यक्तिहरुलाई पास दिई आवत जावत गराईरहेको समेत आरोप लगाएका थिए ।

अन्त्यमा थापाले बहसमा बाल्दै यो विषम परिस्थितीमा नेपाल विद्यार्थी संघ र अनेरास्वयुले संगै हातेमालो गरेर अगाढी बढ्नु पर्ने बताउनु भएको छ ।

रेडियो पौरखीको सोही कार्यक्रममा बोल्दै अनेरास्ववीयु नेता राजिव रोकायाले लकडाउनका वेला सकडमा उत्रिएर विरोध प्रदशन गर्नु भन्दा सामाजिक संजालमा लेखरे विरोध गर्नु उतित रहेको बताउनु भएको छ । नेता रोकायाले गलत गर्ने व्यक्तिहरुलाई अनेरास्वयुले पनि छुट नदिने बताउनु भयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार