होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • खाध्य अधिकार संजालले स्थानिय तहलाई बुझायाे सुझाव पत्र
Breaking News

खाध्य अधिकार संजालले स्थानिय तहलाई बुझायाे सुझाव पत्र

  • नागरिक रैबार
खाध्य अधिकार संजालले स्थानिय तहलाई बुझायाे सुझाव पत्र
नागरिक रैबार/बाजुरा ५ असार। खाध्य अधिकार संजाल बाजुराले बडिमालिका नगरपालिकामा ज्ञापन पत्र बुझाएकाे छ । काेराेना भाईरसबाट ग्रस्थ भएकाे बेला जिल्लामा कृषि क्षेत्रमा उचित बजेट ल्याउनपर्ने भन्दै संजालले शुझाव पत्र बुझाएकाे हाे ।
अागमी बजेटमा कृषि र राेजागर लगायतका क्षेत्रमा उचित बजेट बिनियाेजन भई खाद्य सुरक्षाकाे प्रत्याभूति गर्न नगरपालिकामा दवाप जस्तै ज्ञापन पत्र बुझाएकाे खाद्य अधिकार संजाल बाजुराका अध्यक्ष मदनराज जैशीले बताए । जिल्लाका सबै स्थानिय तहहरूले खाध्य सम्प्रभुता र खाध्य अधिकारबाट काेही कसैले बन्चित नहुन लिन दवाव स्वारूप फियान नेपाल र याक नेपालकाे सहयाेगमा आज जिल्ला स्थित बडिमालिका नगरपालिकामा ज्ञापन पत्र बुझाएकाे संजालका अध्यक्ष जैशीले बताएका छन् ।
जिल्ला स्थित गैर सरकारी संस्था महासघ , गैसस सघ सस्थाहरू पत्रकार महासघका प्रतिनधिहरूकाे उपस्थितिमा अाज बडिमालिका नगरपालिकामा शुझाव पत्र पेश गरेकाे संजालका अध्यक्ष जैशीकाे भनाई रहेकाे छ । नीति तथा कार्यक्रममा खाध्य सम्प्रभुताका लागियाे याेजना बनाएर अगाडि बढ्नुपर्ने भएकाे र स्थानीय तहरूका अागमी बजेटमा यी कुराहरू समाबेश हाेस भन्ने उदेस्यका साथ जिल्लाका नाै अाेटै स्थानीय तहमा सुझाव पत्र पेश गर्ने कार्यक्रम रहेकाे अध्यक्ष जैसीले बताए ।
अाज बुझाएकाे ७ बुदे सुझाव पत्रमा गैर सरकारी संस्था पत्रकार महासघका प्रतिनिधि खाध्य अधिकार संजालका पदाभिकारी लायत १६ जनाकाे हस्ताक्षेरीत शुझाव पत्र बुझाएका छन्। यता नगर प्रमुख पदम बडुवालले शुझाव पत्र बुझ्दै संजालले दिएकाे शुझावहरू अागामी नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् । सबै बुदाहरू समेट्न नसके पनि केही बुदाहरूलाई निति तथा कार्यक्रममा समेटेर लैजाने नगर प्रमुख बडुवालले बताए । संजालले दिएका सुझावले नगरकाे हितमा हुने कुरा उल्लेख गरिएकाेले याे सुझावमा भएका बुदाहरू नगरपालिकाे आगामी याेजनामा बजेटकाे समेत ब्यबस्थापन गरि कार्यक्रम अगाडि बढाउने बताएका छन् ।
संजालले बडिमालिका नगरपालिका नगरप्रमुखकाे कार्यकक्षमै पुगेर शुझाव पत्र बुझाएकाे हाे । शुझाव पत्र बुझाउने कार्यक्रममा जिल्ला स्थित विभिन्न संचारमाध्यामा आबद्ध पत्रकार नागरिक समाज गैससका पदाधिकारीहरू र संजालका सदस्यहरूकाे समेत उपस्थिति रहेकाे थियाे ।संजालले फियान नेपाल र याक नेपालकाे सहयाेग तथा खाद्य अधिकार संजाल बाजुराकाे अायाेजनामा बिगत लामाे समयदेखी खाद्य अधिकारका क्षेत्रमा पैरबी गर्दै आएकाे छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार