होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • फाइनल प्रवेशका लागि पीएसजी र लेइपलिग भिड्दै
समाचार

फाइनल प्रवेशका लागि पीएसजी र लेइपलिग भिड्दै

  • नागरिक रैबार
फाइनल प्रवेशका लागि पीएसजी र लेइपलिग भिड्दै

एजेन्सी, २ भदौ । युरोपको सर्वाधिक ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज पहिलो सेमिफाइनल खेल हुँदैछ ।

नेपाली समयानुसार राति १२ः४५ बजेबाट सुरु हुने सेमिफाइनल खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन क्लब आरबी लेइपजिगले खेल्दैछन् ।

पोर्चुगलको राजधानी लिस्बोनस्थित स्टेडियो डा लुजमा हुने यो खेलमा दुवै टोली एक–अर्कालाई हराउँदै पहिलो पटक च्याम्पियन्स लिगको फाइनल पुग्ने योजनामा छन् । यसअघि दुवै टोली युराेपियन लिगकाे फाइनल पुगेका छैनन् ।

विज्ञापन

त्यसबाहेक यी दुईले पहिलोपटक एक–अर्काविरुद्ध प्रतिस्पधा गर्न लागेका हुन् । लेइपजिग १२ वर्षअघि मात्र स्थापना भएकाे क्लब हाे ।

लेइपजिगले बिहीबार राति एथ्लेटिको मड्रिडलाई २–१ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो भने पीएसजीले अटलान्टामाथि २–१ गोलकै जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

पीएसजी २५ वर्षपछि पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाउन सफल भएको क्लब हो । सन् १९९४–९५ यता उसले अन्तिम चारमा स्थान बनाउन सकेको थिएन ।

आफ्नो पहिलो रोजाइका गोलरक्षक केयलर नाभासले लेइपजिगविरुद्धको खेल गुमाउने भएपछि पीएसजी समस्यामा छ ।

ह्याम्स्ट्रिङका कारण उनले लेइपजिगसँगको सेमिफाइनल खेल गुमाउने क्लबले जनाएको छ । यसै सिजन रियल मड्रिडबाट पीएसजी आएका नाभास इटालियन क्लब अटलान्टासँगको क्वार्टरफाइनल खेलका क्रममा घाइते भएका थिए ।

खेलको ७९औं मिनेटमा कोस्टा रिकाका गोलरक्षक नाभासले मैदान छोडेका थिए भने उनको स्थानमा सर्जियो रिको मैदान प्रवेश गरेका थिए ।

त्यसबाहेक पीएसजीमा नाभासबाहेक कप्तान थियागो सिल्भा, मार्को भेराट्टी, लेभिन कुर्जवा र इद्रिसा गुइए पनि घाइते छन् ।

कप्तान सिल्भा सोमबारबाट प्रशिक्षणमा फर्किएका छन् भने कर्जुवाले शनिबारबाटै प्रशिक्षण थालेका छन् । यसैगरी भेराट्टी चोटमुक्त हुन प्रयासरत छन् । उनले सोमबारको अभ्यास सत्रमा भाग लिएको क्लबले जनाएको छ । गुइएले भने सेमिफाइनल खेल खेल्नेमा शंका उत्पन्न भएको छ । उनी टोलीको प्रशिक्षणमा सहभागी छैनन् ।

यद्यपि, किलियन एम्बाप्पे च्याम्पियन्स लिगको सेमिफाइनल खेल खेल्न तयार देखिएका छन् ।

क्वार्टरफाइनल खेलअन्तर्गत अटलान्टासँगको खेल सकिन ३० मिनेट बाँकी छँदा मैदान प्रवेश गरेका एम्बाप्पे सेमिफाइनल खेलमा सुरुआतबाटै खेल्ने सम्भावना छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार